विराटनगरको बजेट करिब एक अर्बले घट्यो

काठमाडौं । आर्थिक वर्ष २०७९/८० का लागि विराटनगर महानगरपालिकाले साढे तीन अर्बको बजेट ल्याउने भएको छ । विराटनगरका मेयर नागेश कोइराला नेतृत्वको टिमले आज ३ अर्ब ५० करोड हाराहारीको बजेट ल्याउने भएको हो । जुन चालु आर्थिक वर्षको भन्दा करिब एक अर्ब कम हो । अघिल्ला आर्थिक वर्षका मेयरले भिम पराजुलीले ४ अर्ब ६० करोड ८१ लाख रुपैयाँको बजेट ल्याएका थिए। विराटनगरका मेयर कोइरालाले ३ अर्ब ५० करोड देखि ३ अर्ब ६० करोड भित्र रहेर बजेट आउने बताए ।
महानगरले शुक्रबार नै नीति तथा कार्यक्रम प्रस्तुत गर्नेछ । नेपाली कांग्रेसबाट निर्वाचित मेयर कोइरालाले चुनाव अघि करको दर घटाउने र दायरा बढाउने मुख्य चुनावी एजेन्डा बनाएका थिए । उनको पहिलो निर्णय पनि करको दर घटाउनका लागि अध्ययन गर्न कार्यदल गठन गर्ने थियो ।
केही पालिकाहरुले यसअघि नै नीति तथा कार्यक्रम सार्वजनिक गरिसकेका छन् । केहीले पालिकाहरुले आज नीति तथा कार्यक्रम र बजेट पेश गर्दैछन् । पालिकाहरुले असार १० गतेभित्र नीति तथा कार्यक्रम र बजेट पेश गरेर असार मसान्तभित्र पारित गरिसक्नुपर्ने कानुनी व्यवस्था छ ।















संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
चन्द्रगढी महिला गोल्डकपः एपिएफ सेमिफाइनलमा
शाहरुख खानको ‘किङ’ले रिलिज अगावै कमायो २५० करोड
सिरहा कारागारमा विवाद, २२ कैदी नियन्त्रणमा
रवि भेट्न बूढानीलकण्ठ पुगे गृहमन्त्री सुधन
सरकार बनेको महिना दिन नपुग्दै गयो २ मन्त्रीको पद
काठमाडौँ बाट विभिन्न देश पठाइदिन्छु भन्दै लाखौँ ठगी गर्ने चार जना पक्राउ
प्रतिक्रिया