बिहीबार, माघ ८, २०८२

एक करोड भ्रष्टाचार गर्ने अधिकृतविरुद्ध मुद्दा दायर

मेरोन्यूज २०७९ असार १० गते २१:१२

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ९९ लाख ९९ हजार ९९९ बराबरको भ्रष्टाचार गरेको अभियोगमा बाराको जीतपुर सिमरा उपमहानगरका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत र आपूर्तिकर्ता कम्पनीका सञ्चालकविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ ।

आयोगका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार आव २०७६–०७७ का लागि उपमहानगरको खोलाजन्य सामग्री उत्खननका लागि ठेक्का दिँदा मिलेमतो गरेको पाइएको छ ।

प्रशासकीय अधिकृतले गैरकानूनी तवरले खोलाजन्य सामग्री उत्खनन गर्नेसँग मिलेमतो गरेको पाइएको छ । आयोगले प्रमुख प्रशासकीय अधिकृत शिवराज सेढाईंसहित आपूर्तिकर्ता कम्पनी ओम सप्लायर्सका प्रोप्राइटर ओमशंकर प्रसादविरुद्ध एक करोड ३८ लाख ९९ हजार ९९८ बराबरको भ्रष्टाचार गरेको अभियोगमा मुद्दा दायर गरेको छ ।

प्रतिक्रिया