रासायनिक मलको विकल्पमा गड्यौला मल

भजनी । यतिबेला किसान रासायनिक मलको अभावमा मलबिनै धान रोप्न थालेका छन् । नेपाल–भारत सीमावर्ती क्षेत्रका किसानले भारतीय बजारबाट रासायनिक मल किनेर काम चलाउन थालेका छन् भने कतिपय मलको पर्खाइमा छन् । केही किसानले भने गड्यौला मलको उत्पादन थालेका छन् ।
कैलालीको टीकापुर नगरपालिका–१ का ललित थापाले तीन वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् । उनले गड्यौला मल उत्पादन गर्न थालेपछि रासायनिक मलको खोजिमा दौडनु परेको छैन । थापाले व्यावसायिक रुपमा गड्यौला मलको उत्पादन गर्न थालेपछि अन्य किसानको मागलाई समेत उनले पूर्ति गर्दै आएका छन् । माटोको उर्बरा शक्ति बढाउने भएका कारण पछिल्लो समय व्यावसायिक कृषिखेती गर्नेका लागि गड्यौला मल निकै उपयोगी हुन थालेको थापा बताउछन् ।
“मैले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएको छु । अहिलेको उत्पादनले माग पूरा गर्न सकिरहेको छैन”, उनले भने, “किसानले गड्यौला मललाई जैविक मलको रुपमा प्रयोग गर्दै आएका छन् । केही वर्ष पछि मात्रै त्यसको परिणाम आउने भएकोले छोटो समयमै नाफा कमाउने किसानका लागि लाभदायक नभए पनि माटोलाई सन्तुलनमा राख्न र विषादीरहित उत्पादनका लागि गड्यौला मल निकै उपयोगी छ ।”
गाई भैँसीको मलमूत्र र सड्ने झारपातको प्रयोग गरी गड्यौला मल तयार पारिन्छ । चौपायाको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौला राखिन्छ र गड्यौलाले त्यसलाई आफ्नो आहाराको रुपम खाने र त्यहीँ दिशा गर्ने भएकाले त्यसैलाई मलको रुपमा प्रयोग गरिने थापा बताउछन् ।
माटोलाई चिस्यान बनाई राख्ने भएकाले पनि गड्यौला मल माटोको लागि निकै लाभदायी भएको मल उत्पादक किसान बताउँछन् । गड्यौला मल बनाउँदा गाईको पिसाब प्रयोग गरिने भएकाले खेतीमा लाग्ने रोगमा पनि कमी आउने गरेको नरेश रावल बताउछन् । उनि चार वर्षदेखि गड्यौला मल उत्पादन गर्दै आएका छन् ।
व्यावसायिक पशुपालनमा लागेका रावल पशुबाट उत्पादन भएको मलमूत्रलाई सङ्कलन गरेर त्यसमा गड्यौलालाई राखेर मल उत्पादनमा लागेको हो । “मैले यसलाई व्यावसायिकरुपमै त लिएको छैन तर खेतीका लागि भने गड्यौला मल ठिक छ”,उनले भने, “सुरुआतमै रासायनिक मलको जस्तो प्रतिक्रिया गड्यौला मलको देखिँदैन । पछिका लागि र माटोको उर्बरा शक्ति कायम राख्न यो महत्वपूर्ण छ ।” उनले वार्षिक २०० क्विन्टल गड्यौला मल उत्पादन गर्दै आएका छन् ।
प्रचारप्रसारको कमी र मलको बारेमा किसानलाई बुझाउन नसक्दा अझै पनि गड्यौला मलबारे शङ्का रहेको किसान यज्ञराज जैशी बताउछन् । उनले मल प्रयोग गर्न थालेको एक दुई वर्षपछि मात्रै प्रभाव देखिने गरेकाले किसानले त्यसको वास्तविकता बुझ्न नसकेको बताए । “हामीलाई पनि सुरुमा निकै चिन्ता थियो । अहिले खेती राम्रो मात्रै होइन माटोमा समेत सुधार आएको छ”, उनले भने, “माटोका लागि गड्यौला मल जति उपयोगी अरु कुनै छैन ।” किसानले गड्यौला मलको अत्यधिक माग गरिरहेको बताए ।
















दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
साफ यू-१९ महिला च्याम्पियनसिपमा भारतलाई उपाधि
इस्लामाबादको मस्जिदमा भएको विस्फोटमा मृत्यु हुनेको सङ्ख्या ३१ पुग्यो
टी-२० विश्वकपः पाकिस्तानको विजयी सुरुवात
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया