बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच बैठक, नेकपा एसका मन्त्री फेर्नेबारे छलफल

काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्ता गठबन्धन दलको शीर्ष नेताको बैठक सुरु भएको छ ।
बैठकमा प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाललगायत नेताहरू सहभागी भएका छन् ।
आज बसेको बैठकमा नेकपा एसबाट सरकारमा सहभागी मन्त्रीहरू परिवर्तन गर्नेबारे छलफल हुने स्रोतले जनाएको छ ।
मन्त्री फेर्ने निर्णय गर्दा आफूहरूलाई अपराधी जस्तै व्यबहार गरेर निर्णय लिएको भन्दै असन्तुष्ट मन्त्रीहरू विरोध खतिवडा, रामकुमारी झाक्रीलगायत ४ मन्त्रीसहित १० सांसदले पार्टीभित्र छलफल गर्न तत्काल संसदीय दल बैठक बोलाउन पार्टी अध्यक्ष नेपाललाई दबाब दिइरहेका छन् । शनिबार राति मात्रै मन्त्रीहरू खतिवडा र झाक्रीले प्रधानमन्त्री देउवासँग भेट गरेका थिए ।
पार्टीभित्र मन्त्री फेरबदलको विषयमा माधव नेपाललाई ठूलो दबाब रहेको छ । यसैबीच आज बिहान बालुवाटारमा गठबन्धनका शीर्ष नेताबीच बैठक बसेको हो ।
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया