पेट्रोलियम पदार्थको मूल्य प्रतिलिटर ३० रुपैयाँसम्म घटाउन निर्देशन

काठमाडौँ । सरकारलाई भारी मात्रामा पेट्रोलियम पदार्थको मूल्य कटौती गर्न निर्देशन दिएको छ । शनिबार बिहान सबेको सत्ता गठबन्धन दलका शीर्ष नेताहरूको बैठकले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का स्वकीय सचिव रमेश मल्लका अनुसार बढ्दो महंगी नियन्त्रण गर्न गठबन्धनले सरकारलाई यस्तो निर्देशन दिएको हो ।
‘प्रम निवास वालुवाटारमा सम्पन्न गठबन्धन बैठकले बढ्दो महैगी नियन्त्रण गर्न र जनताको जिविकामा सहुलियत दिन पेट्रोलियम पदार्थको मूल्यमा भारी मात्रामा कटौती गर्न सरकारलाई निर्देशन दिने निर्णय गरेको छ,’ प्रचण्डका स्वकीय सचिव मल्ले भने ।
उनका अनुसार सरकारले पेट्रोलियम पदार्थमा लगाएका कर कटौती गर्न आजैका दिनदेखि लागु गर्न निर्देशन दिएका हो । उक्त निर्णय लागु गरेमा डिजेल र पेट्रोलको मूल्यमा प्रतिलिटर झण्डै ३० देखि २५ रुपैयाँसम्म घट्ने देखिन्छ ।
















सार्क क्षेत्रको जाइका अलमनाइ एसोसिएसनको अध्यक्षमा भुसाल निर्वाचित
टी–२० विश्वकप खेलमा स्कटल्यान्डमाथि वेस्ट इन्डिजको रोमाञ्चक जीत
दुर्गा प्रसाईलाई तत्काल रिहा गर्न राप्रपाको माग
पुराना र नयाँ राजनीतिक शक्तिको परीक्षण हुँदै, कस्ले जित्ला झापा–४ यसपालीकाे निर्वाचन ?
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर
सुनका गहना चोर्नेलाई नियन्त्रणमा लिन प्रहरीले चलायो गोली, ६५ तोला सुन बरामद
८ सहकारी संस्थालाई घर खाली गर्न काठमाडौँ महानगरको अल्टिमेटम
काठमाडौंमा बन्धक बनाइएका ५ बंगलादेशीको उद्धार, संलग्न गिरोहका ७ जना पक्राउ
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
प्रतिक्रिया