शनिबार, माघ २४, २०८२

मन्त्री परिवर्तनको विरोध गरेका नेकपा एसका ६ सांसदद्वारा हस्ताक्षर फिर्ता

मेरोन्यूज २०७९ असार ११ गते १४:१०

काठमाडौँ । मन्त्री परिवर्तनविरुद्ध उभिएका नेकपा एकीकृत समाजवादीका १० मध्ये ६ सांसदले हस्ताक्षर फिर्ता लिएका छन् ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्रीसमेत रहेका प्रेमबहादुर आलेसहित ६ जनाले शुक्रबार पार्टी नेतृत्वलाई ७ बुँदे मागपत्र बुझाउँदा दिएको पत्रबाट आफ्नो हस्ताक्षर फिर्ता लिएका हुन् ।

पार्टी नेतृत्वले विगतमा कमजोरी भएको र अब सच्याउने प्रतिबद्धता जनाएपछि आफूहरुले हस्ताक्षर फिर्ता लिएको जनाएका छन् । हस्ताक्षर फिर्ता लिनेमा आलेसँगै धनबहादुर बुढा, कृष्णलाल महर्जन, गोपालबहादुर बम, पुष्पाकुमारी कर्ण कायस्थ र विनादेवी बुढाथोकी रहेका छन् ।

प्रतिक्रिया