सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी
मेरोन्यूज
२०७९ असार ११ गते २०:१९

भक्तपुर । भक्तपुरमा शनिबार सन्तुलित आहार तथा पौष्टिक खानाबारे प्रदर्शनी गरिएको छ । देउला आधारभूत विद्यालय भेलुखेल ५ भक्तपुरमा बृहत् निःशुल्क स्वास्थ्य सेवा शिविरका साथै प्रदर्शनी गरिएको हो ।
क्लिनिक वान भक्तपुर तथा उज्यालो बचत तथा ऋण सहकारी संस्थाको संयुक्त आयोजनामा कार्यक्रम भएको थियो । कार्यक्रममा सहयोगी संस्था श्री कुमारी क्लब रहेको थियो ।
शिविरमा सहभागी जनरल फिजिसियन डा। सुजिता वैद्यले स्वास्थ्य सेवाबारे जानकारी दिएका थिए । उनका अनुसार शिविरमा सेवा लिन आएका अधिकांश व्यक्तिमा हाडजोर्नीको समस्या देखियो । साथै, स्वास्थ्य शिविरमा आएका धेरै बालबालिकामा ज्वरो तथा खोकीको समस्या देखिएको थियो ।
शिविरमा दन्त विशेषज्ञ, स्त्रीरोग विशेषज्ञ, पेट, आन्द्रा तथा कलेजो रोग विशेषज्ञ तथा जनरल फिजिसियनद्वारा परामर्श प्रदान गरिएको थियो ।

सम्बन्धित
















मुस्ताङमा ९ महिनामा लेक लागेर ८ पर्यटकको मृत्यु
इरानी विदेशमन्त्री पुनः पाकिस्तान आउने तयारी
शेखर कोइरालाले गरे बुद्धिजीवीहरुसँग छलफल
मुक्तिनाथको शीरमा अनौठो ‘विष्णु चुल्हो’
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदल’को दोस्रो बैठक सम्पन्न
आज वैशाख ११ गते शुक्रबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
हर्मुजमा बारुदी सुरुङ बिछ्याइरहेका डुङ्गा नष्ट गर्न अमेरिकी राष्ट्रपति ट्रम्पको निर्देशन
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया