शनिबार, माघ २४, २०८२

आफ्नो कामबाट ९० प्रतिशत सन्तुष्ट भएँ : प्रेम आले

मेरोन्यूज २०७९ असार १२ गते १८:०६

काठमाडौँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफूले गरेको कामबाट ९० प्रतिशत सन्तुष्ट भएको बताएका छन् ।

पदबाट राजीनामा दिएसँगै मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै उनले आफ्नो कामबाट सन्तुष्ट भएको बताएका हुन् ।

‘म प्रक्रियाभन्दा एक्सनमा हुर्केको हो, मलाई चाँडै रिजल्ट चाहिन्छ, तपाईंका कामबाट कति सन्तुष्ट हुनुहुन्छ भनेर सोध्यो भने म ९० प्रतिशत भन्छु,’ उनले भने, ‘यो अवधिमा ९० प्रतिशत अंक ल्याएको ठानेँ ।’

उनले आफ्नो कार्यकालमा सञ्चालनमा आएको गौतमबुद्ध विमानस्थलका कारण भावी पुस्ताले सम्झिने बताए ।

प्रतिक्रिया