शनिबार, माघ २४, २०८२

नेकपा एसका मन्त्रीहरू हेरफेर : कुन मन्त्रालय कसले पाए ?

मेरोन्यूज २०७९ असार १२ गते १९:३२

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद हेरफेर गरेका छन् । नेकपा एकीकृत समाजवादीबाट मन्त्री भएकाहरूले राजीनामा दिएसँगै मन्त्री मण्डल परिवर्तन भएको हो ।

एकीकृत समाजवादीबाट संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्रीमा जीवनराम श्रेष्ठ, शहरी विकास मन्त्रीमा मेटमणि चौधरी, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीमा शेरबहादुर कुँवर, स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा भवानी खापुङ र स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्रीमा हीरा केसी परिवर्तन भएका हुन् ।

राष्ट्रपति कार्यालयले आइतबार साँझ विज्ञप्ति जारी गर्दै प्रधानमन्त्री देउवाले मन्त्रिपरिषद हेरफेर गरेको जानकारी दिएको हो ।

प्रतिक्रिया