मधेसमा नागरिकता नपाएकालाई सरकारले तत्काल १४ सेवा दिने

काठमाडौं । नागरिकता विधेयक ससद्मा अल्झिरहेका कारण मधेसमा नागरिकता पाउन नस्केकाहरुको हकमा सरकारले तत्काल १४ सेवा दिने भएको छ । सरकारले तेस्तो व्यवस्थासहित सुबिधा दिनेगरी गृह मन्त्रालयबाट कानुन मन्त्रालय फाइल पठाइएका हो ।
कानुन मन्त्रालय स्रोतका अनुसार नेपाली नागरिक बाबु आमाबाट जन्म भएका सन्तान,नेपाली नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेका नेपाली नागरिकताको प्रमाणपत्र प्राप्त नगरेका सन्तानलाई दैनिक जिवनमा पर्न गएको असुविधालाई हृदयंगम गरी अन्य नागरिता भएका नागरिक सरह सेवा सुविधा प्राप्त गर्न सहज बनाउन यस्तो व्यवस्था गरिएको छ ।
नेपाली नागरिकता नियमावली, २०६३ को नियम १७ र सुशासन (व्यवस्थान तथा सञ्चालन) ऐन, २०६४ को दफा ४५ बमोजिम नेपाल सरकारले ‘नेपाली नागरिकता प्राप्त नगरेका व्यक्तिलाई नेपाली नागरिक सरह सेवा सुविधा उपलब्ध गराउने सम्बन्धी निर्देशिका, २०७९’ मस्यौदा गरि कानून न्याय तथा संसदिय व्यवस्था मन्त्रालयमा पठाई सकेको छ ।
कानून न्याय तथा संसदिय व्यवस्था मन्त्रालयमा छलफलको क्रममा रहेको उक्त निर्देशिका जारी भई लागु भएपछि देयाह बमोजिमको सुविधाहरु उपलब्ध हुनेछ ।
१. बैंक खाता खोल्ने,
२. शैक्षिक संस्थाहरुमा अध्ययनका लागि भर्ना हुन,
३. सिमकार्ड खरिद गर्न,
४. लोक सेवा आयोगबाट प्रकाशन हुने विज्ञापनमा रोजगारी तथा नोकरीको लागि दरखास्त दिन,
५. सवारी साधन खरिद गर्न, सवारी चालक अनुमतिपत्र लिन,
६. मुद्दा मामिला गर्न,
७. गैर सरकारी संस्था दर्ता गर्न,
८. बसाईसराईको प्रमाणपत्र लिन,
९. प्यान नम्बर लिन,
१०. व्यवसाय दर्ता गर्न,
११. नो अबजेक्सन लेटर लिन,
१२. रोजगारी गर्न,
१३. जन्म दर्ता गर्न, वा
१४. यस्तै प्रकारका अन्य सेवा सुविधा ।


















ब्राजिलका राष्ट्रपति भन्छन्- ‘हामी हरेक दिन विश्वलाई धम्की दिने राष्ट्रपतिको सन्देश सुन्दै उठ्न सक्दैनौँ’
सर्वोच्चको फैसला स्वीकार्ने देउवा पक्षको निष्कर्ष
नेपाल अमेरिकासँग पराजित
एमाले अध्यक्ष ओली अस्पतालबाट घर फर्किए
स्थानीय तहका प्रमुख प्रशासकीय अधिकृत प्रदेश मातहत राख्नुपर्छः मुख्यमन्त्री कँडेल
वार्ताको तयारीमा पाकिस्तानका सेना प्रमुख इरानमा
यस्तो छ आज तरकारीको थोक मूल्य
पेट्रोलियम पदार्थको मूल्यवृद्धि, डिजेल र मट्टीतेलमा प्रतिलिटर ३० रुपैयाँ बढ्यो
३३ अंकले घट्यो सेयर बजार
लेखा समितिको सभापति कांग्रेसलाई दिने रास्वपाकाे निर्णय
प्रतिक्रिया