आलिया भट्ट गर्भवती, दिइन् चाँडै बच्चा आउने जानकारी
मेरोन्यूज
२०७९ असार १३ गते १४:०४

मुम्बई । बलिउड अभिनेत्री आलिया भट्ट र अभिनेता रणवीर कपुर चाँडै आमाबाबु बन्ने भएका छन् । सोमबार बिहान आलियाले आफ्नो सामाजिक सञ्जालमार्फत एक पोस्ट सेयर गर्दै आफू गर्भवती भएको जानकारी दिएकी हुन् ।
सामाजिक सञ्जालमा राखिएको तस्बिरमा आलियालाई अस्पतालमा सुतेको देख्न सकिन्छ, जहाँ रणवीर पनि छन् । तस्बिरमा उनीहरूको अगाडिको स्क्रिनमा ‘प्रेम’को चिन्ह देखाइएको छ । आलियाले ‘हाम्रो बच्चा चाँडै आउँदैछ’ भनेर लेखेकी छन् ।
आलिया र रणवीरको भेट सन् २०१७ मा फिल्म ‘ब्रह्मास्त्र’को सेटमा भएको थियो । त्यसपछि उनीहरुले डेटिङ सुरु गरेका थिए ।
रणवीर र आलियाले यसै वर्षको १४ अप्रिलमा विवाह गरेका थिए । विवाहको दुई महिनामै आलियाले आफू गर्भवती भएको खबर सार्वजनिक गरेकी हुन् ।
सम्बन्धित










भक्तपुर अस्पताल प्रदेशकै उत्कृष्ट घोषणा
पाकिस्तानी सेनाको कारबाहीमा ३० विद्रोही लडाकूको मृत्यु
एनपीएलमा लुम्बिनीको विजयी सुरुवात, बोपाराको अर्धशतकले जोगिएन चितवन
बङ्गलादेशमा कामचलाउ सरकार प्रणाली पुनःस्थापित
आज २०८२ साल मंसिर २ गते मंगलबारको राशिफल
आज २०८२ साल मंसिर ३ गते बुधबारको राशिफल
एनपिएल : आजको दोस्रो खेलमा विराटनगर किङ्सकाे उत्कृष्ट जित
मध्यरातमा भक्तपुरस्थित निवासबाटै पक्राउ परे दुर्गा प्रसाईं
प्रतिक्रिया