वैदेशिक रोजगारीमा ठगिएकालाई रु दुई करोड चार लाख क्षतिपूर्ति

तनहुँ । सुरक्षित आप्रवासन (सामी) परियोजना तनहुँले वैदेशिक रोजगारीका क्रममा ठगिएकालाई रु दुई करोड चार लाख ६५ हजार क्षतिपूर्ति दिलाएको छ । आव २०७७/७८ मा वैदेशिक रोजगारीका क्रममा ठगी, जालसाजी तथा पासपोर्ट होल्डमा राखिएका घटनाका पीडितलाई सामीले उक्त क्षतिपूर्ति रकम दिलाउन सहजीकरण गरेको हो ।
वैदेशिक रोजगारमा गएका कामदार र उनीहरूका परिवारलाई कानुनी सहायताका लागि प्राप्त उजुरी एक सय पाँचमध्ये ५६ घटनाको पूर्ण रुपमा र ४९ वटाको आंशिक समाधान गरिएको परियोजनाले जनाएको छ । विसं २०७६ मङ्सिर १ गतेदेखि तनहुँमा सुरक्षित आप्रवासन सामी परियोजना सञ्चालन हुँदै आएको छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित तथा उपलब्धिमूलक बनाउन परियोजनाले मुख्य भूमिका खेल्दै आएको सामी परियोजनाकी संयोजक लुना रानाले जानकारी दिइन् ।
यस आवमा आप्रवासी स्रोत केन्द्रमा ११४ जनाको वैदेशिक रोजगारीका क्रममा आएका समस्या दर्ता भएकामध्ये ३५ वटा समाधान हुँदा सहजीकरणमार्फत रु तीन करोड ८३ लाख ४६ हजार क्षतिपूर्ति दिलाउन सहजीकरण गरिएको उनले बताइन् ।
परियोजनाअन्तर्गत विदेश जानुपूर्व वैदेशिक रोजगारीमा जाँदा ध्यान दिनुपर्ने जानकारी दिने, ठगीमा परेका कामदारलाई निःशुल्क कानुनी परामर्श तथा सेवा गन्तव्य देशमा समस्या परेका कामदारलाई आवश्यक सहयोग गर्दै आएको छ ।
त्यसैगरी, वैदेशिक रोजगारीमा गएर विभिन्न समस्यमा परी विक्षिप्त भएकालाई निःशुल्क सीप, तालिम, वैदेशिक रोजगारीबाट प्राप्त विप्रेषणको उपयुक्त उपयोगका लागि कार्यक्रमहरु सञ्चालन गर्दै आएको ९सामी० परियोजना संयोजक रानाले जानकारी दिइन् ।
जिल्लाको व्यास, भानु, शुक्लागण्डकी र म्याग्देलाई कार्यक्षेत्र बनाउँदै आएको सामीले पछिल्लो समय भीमाद, बन्दीपुर र देवघाटलाई पनि समेटेको छ । गत आवमा १२ र यस आवमा सातजना गरी १९ जनाको शव नेपालमा ल्याउन सहजीकरण गरिएको वैदेशिक रोजगार बोर्डका कार्यक्रम अधिकृत शैलेन्द्र मिश्रले जानकारी दिए ।












मधेशमा हुस्सु र कुहिरो, पहाडी भागमा आंशिक बदली
50 days to HoR elections: 175 candidates withdraw from PR closed list
कसेरीघाटस्थित फोहरमैला प्रशोधन केन्द्रमा तीन जनाको हत्या प्रकरणमा एक जना पक्राउ
सिन्धुलीस्थित बैंक लुटपाट: सुरक्षा गार्डको हात काटियो, स्थानीय भेटे बाेरामा पैसा
गायक तथा अभिनेता प्रशान्त तामाङको निधन
कांग्रेस विशेष महाधिवेशन सुरु
आज पुस २८ गते सोमबारको राशिफल, कस्ताे रहला तपाइकाे आजकाे दिन ?
देउवा विशेष महाधिवेशनमा जाने कार्यक्रम छैन : सचिवालय
कांग्रेस फुट्न दिँदैनाैं, आवेग हाेइन विवेकले निर्णय गरेर सिंगो पार्टीको नेतृत्व गर्छौं : विश्वप्रकाश शर्मा
प्रतिक्रिया