मनसुन प्रतिकार्यका लागि सशस्त्र प्रहरी के गरिरहेछ ?
मेरोन्यूज
२०७९ असार १४ गते ८:०५

काठमाडौं । वर्खा लागेपछि विपदको जोखिम सधैभरी देखा पर्छ । यस्तो बेला पूर्व तयारी गर्नुपर्ने हुन्छ । भवितब्य घटना भएपछि त्यसको ब्यवस्थापनको तयारीमा जुटनु भन्दा पूर्व तयारीकै रुपमा विपद ब्यवस्थापनलाई अगाडी बढाउनु वुद्धिमता हुन्छ ।
त्यसै अनुसार, शसस्त्र प्रहरी बललले विपद ब्यवस्थापनका लागि आफनो तर्फबाट केही तयारी गरेको जनाएको छ । शसस्त्र प्रहरी वल प्रधान कार्यालयले दिएको जानाकारी अनुसार, शसस्त्रले विपद ब्यवस्थापनका लागि निम्न अनुसारको कार्य गरेको छ :
- विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारमा निरन्तर रुपमा विपद् व्यवस्थापन तालिम संचालन भईरहेको । हालसम्म 2034 जना सशस्त्र प्रहरी कर्मचारीहरुलाई बिशिष्टिकृत विपद् व्यवस्थापन तालिम प्रदान गरिएको।
- विपद् व्यवस्थापन तालिम प्राप्त जनशक्तिहरुलाई काठमाण्डौ उपत्यका भित्र 2 स्थान सहित 7 वटै प्रदेशमा से.मु. स्तरमा प्रदेश स्तरीय विपद् उद्धार टिम र विपद् व्यवस्थापन तालिम शिक्षालय कुरिनटार गरि जम्मा 10 स्थानमा दक्ष तालिम प्राप्त जनशक्ति परिचालन गरि तयारी हालतमा राखिएको।
- सशस्त्र प्रहरी बल, नेपालका सम्पूर्ण कार्यालयहरुमा जल उत्पन्न प्रकोपमा प्रति कार्यका लागि खोज तथा उद्धारका आधारभूत उपकरणहरु सहित २४ सै घण्टा उद्धार टोली Stand By रहने व्यवस्था गरिएको।
- विपद् उद्धारका आधुनिक सामाग्रीहरुलाई प्रदेश स्तरीय विपद् उद्धार टिमले प्रयोग गर्ने गरितयारी हालतमा राखिएको साथै काठमाण्डौं उपत्यकालाई मध्यनजर गरी सिनमंगल स्थित नं. 20 गण हे.क्वा. (विपद् उद्धार)लाई तयारी हालतमा राखिएको ।
सम्बन्धित
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
प्रतिक्रिया