‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रममा २० जनालाई अवार्ड

काठमाडौँ । नबिल बैंकले सामाजिक उद्यमशीलतालाई प्रबद्र्धन गर्न शुरु गरेको ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमको पहिलो ब्याचको २० जना फेलोहरुले इनाब्लेर्स अफ सोसियल इन्टरपिनरसिप अवार्ड प्राप्त गरेको छ ।
सीएनआइवाइईएफ नेपालले असार ११ गते काठमाडौंमा आयोजना गरेको कार्यक्रममा ‘नबिल सामाजिक उद्यमशिलता’ कार्यक्रमअन्तर्गत पहिलो ब्याचका २० जना सहभागिलाई सामूहिक रुपमा सो अवार्ड प्रदान गरेको हो ।
०७८ साल चैत ७ गतेदेखि शुरु गरिएको पहिलो ब्याचको फेलोशिप कार्यक्रमअन्तर्गत देशभरका ३५० जना आवेदकमध्येबाट उत्कृष्ट २० जनालाई सामाजिक उद्यमका लागि त्रिभुवन विश्वाविद्यालय आबद्ध व्यवस्थापन संकायसँग सहकार्य गर्दै निःशुल्क तालिम कक्षा संचालन गरिरहेको छ ।
फेलोशिप कार्यक्रमका सहभागिहरुले कृषि, सूचना प्रविधि, हस्तकला, खाद्यन्न, कपडा उत्पादन, कफी शप संचालनलगायत क्षेत्रमा सामाजिक उद्यम अघि बढाएका छन् । हरेक महिना तीन दिन आवासीय सिकाइ र बाँकी दिन आफ्नै कार्यस्थलमा प्रयोगात्मक अभ्यास गर्ने ढाँचामा तयार गरिएको फेलोशिप तालिम ६ महिनासम्म चल्छ । बाँकी ६ महिनाका लागि सबै सहभागीलाई मेन्टर सेवा दिएर व्यवसाय गर्दा आइपर्ने व्यवहारिक कठिनाइको समाधानका लागि सहयोग गरिन्छ ।
कार्यक्रमको उद्घाटन समरोहमा प्रमुख अतिथि, माननीय मन्त्री दिलेन्द् प्रसाद बडु, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय तथा नेपाल सरकारका अन्य उच्च पदस्तकरीहरुको उपस्थिती थियो ।
















सर्लाहीमा बँदेलको आक्रमणबाट एक जनाको मृत्यु
सुरक्षित गर्भपतन सेवा असुरक्षित स् रोकिएन अकालमा आमाहरुको मृत्यु
दुई लाख पुरस्कारको महिला फुटबल प्रतियोगिता आयोजना हुने
शनिबारदेखि अवरुद्ध बिपी राजमार्ग अझै खुलेन
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
प्रतिक्रिया