१८ करोड रुपैयाँ हिनामिना गर्ने सहकारी संस्थाका अध्यक्षसहित आठ पक्राउ

काठमाडौँ । काठमाडौँको बलम्बुस्थित प्रज्ञान तथा बचत सहकारी संस्थाका अध्यक्षसहित आठ जना पक्राउ परेका छन् । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले संस्थाको १८ करोड रुपैयाँ हिनामिना अभियोगमा सञ्चालक तथा लेखा परीक्षकलाई पक्राउ गरेको हो ।
सहकारीका अध्यक्ष कृष्ण महर्जन, उपाध्यक्ष वीर कृष्ण महर्जन, कोषाध्यक्ष धनकृष्ण महर्जन, सचिव धर्मरत्न महर्जन, तत्कालीन सचिव सुरज महर्जन, कर्जा उपसमिति सदस्य अष्ट कुमार महर्जन र लेखा परीक्षकद्वय हिमालय राज जोशी र दीपक राना मगरलाई सीआईबीले पक्राउ गरेको हो ।
अनुसन्धानको क्रममा उनी मिलेर संस्थाको १७ करोड ९४ लाख ७६ हजार ५१८ रुपैयाँ हिनामिना गरेको पुष्टि भएको छ । धितो जमानी नराखी ऋण प्रवाह गर्ने, नक्कली मुद्दती बचत प्रमाण पत्र दिने, नक्कली कर्जा लगानी गर्ने र शेयर अपचलन गरी सर्वसाधरणको पैसासमेत हिनामिना गरेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक (एसपी) श्याम कुमार महतोले जानकारी दिए ।














देउवा पक्षका नेताहरू निर्वाचन आयोगमा, आयोग घेर्ने तयारीमा तरुण दल
सहर र विदेश छाडेर खेतीमा लागेका ध्रुव- १२० मुरी धान भित्र्याए
लुम्बिनी प्रदेशमा आज सार्वजनिक बिदा
चिसो बढे पनि ढोरपाटनमा घटेन पर्यटकको चहलपहल
मध्यपहाडी लोकमार्गः ‘आर्क ब्रिज’ निर्माण सुरु
तीन तहबीच कमजोर समन्वयले विकास योजनामा बाधा : उपाध्यक्ष श्रेष्ठ
विश्वकप तयारीका लागि नेपाली क्रिकेट टोली श्रीलङ्का र भारत जाने
आज २०८२ साल पुस ३० गते बुधबारको राशिफल
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
प्रतिक्रिया