सोमबार, वैशाख १४, २०८३

स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्ने : राज्यमन्त्री केसी

मेरोन्यूज २०७९ असार १७ गते २१:२५

काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हीराचन्द्र केसीले स्वास्थ्य क्षेत्रको सुधारका लागि प्रयत्न गर्ने बताएका छन् । मन्त्रालयमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले स्वास्थ्य क्षेत्रमा विकृति रहेकाले सुधार गर्ने बताए ।

Advertisement
NiccNicc

‘निःस्वार्थ भावनाले स्वास्थ्य क्षेत्रको विकृति हल गर्न प्रयत्नशील रहनेछु,’ उनले भने, ‘स्वास्थ्य क्षेत्रको सुधारका लागि सबैको सहयोग हुनुपर्दछ ।’ राज्यमन्त्री केसीले स्वास्थ्य संस्थाको सुधार, स्वास्थ्य बीमाको सबलीकरण, अस्पतालको सुदृढीकरण, स्वास्थ्य सेवाको गुणस्तरमा आफ्नो प्राथमिकता रहेको बताए ।

उनले आफूले काम गर्दा जहिले पनि निस्कलंक भई गर्दै आइरहेको र स्वास्थ्यमा नबिगारिकन काम गर्ने बताए । उनले नेपाली जनताको शिर निहुरिने गरी आफूले कदापि काम नगर्ने प्रतिबद्धता व्यक्त गरे ।

दाङ क्षेत्र नं ३ बाट निर्वाचित भएका केसी गत आइतबार स्वास्थ्य राज्यमन्त्रीमा नियुक्त भएका थिए ।

प्रतिक्रिया