लोसपा केन्द्रीय कार्यकारिणी समिति बैठक सुरू, मस्यौदा विद्यान अनुमोदन गरिँदै

काठमाडौं । केन्द्रीय सदस्यको नाम टुंगो लगाउने बिषयसहितमा छलफल गर्न महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी नेपालको कार्यकारिणी समितिको बैठक सुरू भएको छ ।
बबरमहलस्थित पार्टी कार्यालयमा सुरू भएको बैठकले पार्टीका विधान संसोधन देखि केन्द्रीय कार्य समितिको पूर्णतालगायत विषयमा छलफल गर्नेछन् ।
केन्द्रीय कार्यकारिणी समिति सदस्य लक्ष्मणलाल कर्णका अनुसार संसोधित विधानलाई पारित गर्नेलगायतका एजेन्डा बैठकका लागि तय गरिएका छन् । ‘बैठकले केन्द्रीय कार्यसमितिको सदस्यको संख्या टुंग्याउनेदेखि सरकारलाई बुझाएको ज्ञापनपत्रका बारेमा छलफल हुँदैछ,’ कर्णले न्युज कारखानासँग भने । उनका अनुसार कर्ण नेतृत्वको समितिले विधानको मस्यौदा तयार गरेर पार्टीलाई बुझाईसकेकाले अब त्यसलाई पारित गरी नाम टुंगो लगाउनेछ ।

तत्कालका लागि केन्द्रीय समिति सदस्यको संख्या पाँच सय एक राख्ने र त्यसका लागि नाम संकलन गर्ने कार्य भइरहेको लोसपा नेपालले सो विवरण निर्वाचन आयोगमा पेश गर्दैछ ।
उता, पार्टीको भातृ संगठनको नाम तय गर्ने देखि त्यसको नेतृत्वको बारेमा पनि बैठकले छलफल गर्नेछ भने केही समयअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई नागरिकता विद्येयकलगायत विषयलाई समेटेर बुझाएको ज्ञापनपत्र कार्यान्वयन नगरेको असन्तुष्ट लोसपाको बैठक सो बारेमा पनि केन्द्रित हुनेछ ।















बैतडीमा ३८७ नाल भरुवा बन्दुक प्रशासनलाई बुझाइयो
काभ्रे-२ मा २४ उम्मेदवारबीच प्रतिस्पर्धा हुँदै
काठमाडौँको वायु प्रदूषण अस्वस्थ तहमा
टी–२० विश्वकप : अफगानिस्तानले न्यूजिल्यान्डलाई दियो १८३ रनको लक्ष्य
नेपाल टेलिकमको २२औँ वार्षिकोत्सव सम्पन्न, विशेष प्याकेज र सुविधा घोषणा
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
आज कति छ सुनको भाउ ?
कक्षा ६ का छात्रालाई क्यान्सर विरुद्धको खोप आइतबारदेखि
२१ फागुनको चुनाव एकै चरणमा हुन्छ : प्रधानमन्त्री कार्की
प्रतिक्रिया