केएमसी स्कुलमा कार्यरत कर्मचारी मृत फेला, आफन्त दिए स्कुलमा धर्ना
मेरोन्यूज
२०७९ असार १९ गते ११:४५

काठमाडौं । बुद्धनगर स्थित केएमसी स्कुलमा एक कर्मचारी मृत फेलापरेपछि सो क्षेत्रमा मृतका आफन्तले आन्दोलन गरेका छन् । स्कुलमा कार्यरत रमा रायमाझी मृत भेटिएकी थिईन् ।
मृतकका आफन्तले हत्या भएको आशङ्का गर्दै स्कुलमा धर्ना दिएका छन । केएमसी स्कुलको होस्टल क्यान्टिनमा कार्यरत २१ वर्षीया रमा शनिबार राति स्कुलमा झुन्डिएको अवस्थामा मृत फेला थिइन् ।
आफन्तले एक दिन पनि स्कुलले छुटी नदिएको, काम गरेको पैसा नदिएको आरोप पनि लगाएका छन् ।
स्कुल परिसरमा भेटिएका मृतकको दाइ नाता पर्ने निर्मल रायमाझीले हत्या आशङ्का गर्दै घटनाको अनुसन्धान र छानबिन गर्न माग गरेका छन् । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी दिनेशराज मैनालीले बताए ।
सम्बन्धित















फेवातालमा फसेका पाँच भारतीयको सशस्त्रद्वारा सकुशल उद्धार
भारतले भन्याे – लिपुलेक विवादमा नेपालसँग वार्ता गर्न तयार छाैं
धितोपत्र बोर्डको अध्यक्ष नियुक्ति समितिबाट गुणाकर भट्टले दिए राजीनामा
सडक माथिबाट ढुङ्गा खस्दा कारमा आगलागी
पश्चिम बंगालमा ममता बनर्जीलाई हराउने भाजपा नेता शुभेन्दुका पीएको हत्या
वैशाख २४ गते बिहीबार यी राशिहरूलाई मिल्दैछ लाभ ? हेर्नुहोस् राशिफल
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
सर्वोच्चको नजिर देखाउँदै विश्वप्रकाशले भने-‘संवैधानिक परिषद्मा ३ जनाको बहुमत हुन सक्दैन’
उद्योग वाणिज्य महासंघका नवनिर्वाचित पदाधिकारीले सम्हाले कार्यभार
प्रतिक्रिया