शुक्रबार, फागुन २९, २०८२

रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको विशेष साधारण सभा सम्पन्न

मेरोन्यूज २०७९ असार २० गते १३:२२

काठमाडौं । रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले (आज) सोमबार कम्पनीको विशेष साधारण सभा सम्पन्न गरेको छ ।
साधारण सभाका अध्यक्ष ताराचन्द केडियाले साधारण सभाको अध्यक्षता ग्रहण गरीे छलफलका प्रस्तावहरु प्रस्तुत गरेका थियो ।
सो सभाले कम्पनीको अधिकृत पूँजी बृद्धि गर्ने, कम्पनीको प्रबन्धपत्रमा पूँजी बृद्धि एवंं अन्य व्यवस्थाहरु समेत समावेश गरी प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन गर्ने, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीको प्रस्तावित संशोधनमा नियमनकारी निकायबाट कुनै सुझाव वा निर्देशन भएमा सो लाई समाविष्ट गर्नको लागि सञ्चालक समितिलाई अख्तियारी दिने जनाएको छ । त्यसैगरी,भविष्यमा अन्य कुनै जीवन बीमा कम्पनीसगँ एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति गर्ने प्रयोजनको लागि उपयुक्त जीवन बीमा कम्पनीको पहिचान र छनौट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने, सोको आधारमा सैद्धान्तिक स्वीकृतीको लागि बीमा समिति समक्ष निवेदन दिने, आवश्यकता अनुसार सम्पत्ति तथा दायित्वहरुको मूल्याङ्कन गर्न परामर्शदाता, मूल्याङ्कनकर्ता तथा लेखापरिक्षकहरु नियुक्त गर्ने लगायतका कार्य गर्न गराउन सञ्चालक समितिलाई पूर्ण अख्तियारी दिने प्रस्तावहरु पारित गरेको छ ।
साथै, सो सभाले कम्पनीको अधिकृत पुँजी रु. ३ अरब रुपैयाँबाट बृद्धि गरी रु. ५ अरब हुने गरी प्रस्ताव पारित गरेको छ ।कम्पनीका अन्य संचालकहरुमा श्री भरत कुमार तोदी, श्री जगदीश कुमार अग्रवाल, श्री अमित कुमार बेगानी, श्री सरिता भट्ट अधिकारी, श्री परिक्षित खेम्का तथा श्री बद्री प्रकाश पोखरेलकाे उपस्थिति रहेको थियो ।

Advertisement
nepal life insurencenepal life insurence

प्रतिक्रिया