पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था हुनुपर्छः स्वास्थ्यमन्त्री खापुङ

काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानीप्रसाद खापुङले सरकारको योजना अन्तर्गत हरेक पालिकामा बन्ने पालिका अस्पतालमा आँखा र दाँतको उपचार हुने व्यवस्था गरिने बताउँनुपर्ने बताएका छन् । नेपाल चिकित्सक आयुर्वेद संघको २५ औँ स्थापना दिवसलाई सम्बोधन गर्दै मन्त्री खापुङले यस्तो बताएका हुन् ।
उनले सरकारको योजनामा प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्ने प्रावधान रहेकोले योजना अनुसार नै सरकार अघि बढीरहेको बताएका हुन् । उहाँले प्रत्येक वडामा नसके पनि एउटा पालिकामा कम्तिमा १५ बेड क्षमताको अस्पताल निर्माण गर्ने लक्ष्य सरकारको रहेको बताए । मन्त्री खापुङले वृद्धवृद्धाहरुको माग आँखा र दाँतको उपचारका लागि धेरै हुने गरेको भन्दै त्यसलाई मध्यनजर गरेर सरकार अघि बढेको बताए । उनले सरकारले निर्माण गर्ने पालिकाका अस्तालमा आयुर्वेदिक चिकित्साको पनि छुट्टै सेवा हुन आवश्यक रहेको बताए । मन्त्री खापुङले सरकार जनताको स्वास्थ्यको क्षेत्रमा संवेदनशील रहेको उल्लेख गर्दै सरकारको महत्वपूर्ण आर्थिक हिस्सा स्वास्थ्य क्षेत्रमा लगानी रहेको बताए ।
‘वैद्यखाना आयुर्वेदमा १३५ थरिका औषधि उत्पादन हुन्छन् भन्ने अझ त्यहाँ २४५ को संख्यामा औषधि उत्पादन हुन्थे भन्ने कुरा छ । नेपालमा सिंहदरबार वैद्य खाना धेरै पुरानो हो,’ मन्त्री खापुङले भने,अहिले हामी संघीयताको अभ्यासमा छौँ । प्रत्येक वडामा कम्तिमा पनि एउटा स्वास्थ्यचौकी हुनुपर्छ भन्ने सरकारको घोषणा छ । प्रत्येक पालिकामा १५ बेडसम्मको हस्पिटल हुनुपर्छ भन्ने सरकारको घोषणा छ । योजना छ । त्यो योजना अनुसार नै सरकार अघि बढीरहेको छ । सम्भावना भयो भने एउटा स्वास्थ्यचौकीमा वा पालिका हस्पिटलमा आँखाको उपचार गर्ने पनि एउटा कोठा हुन आवश्यक छ, माग त्यस्तो छ । एउटा दाँतको र एउटा आयुर्वेदिक चिकित्साको कोठा हुनुपर्छ । यसमा सहयोग गर्न सरकार तयार छ ।’
मन्त्री खापुङले सिंहदरबार वैद्यखानाको मर्मतसम्भार र संवद्र्धन हुन नसक्दा नाजुक स्थितिमा पुगेको बताए ।











एमाले सचिवालय बैठकः समानुपातिकतर्फको बन्दसूची आयोगमा बुझाउने निर्णय
जसपा नेपाल र लोसपाबीच एकीकरण गर्ने निर्णय
जाडोमा आगो ताप्दा सावधानी अपनाउन स्वास्थ्य मन्त्रालयको आग्रह
युद्ध अन्त्यका लागि ट्रम्प–जेलेन्स्की भेट हुँदै
सर्वोच्च अदालतः ‘हदम्याद, तारेख र म्याद थप अनुमति’
बंगलादेश प्रिमियर लिगमा आज सन्दीपको टिमले पहिलो खेल खेल्दै
आज २०८२ साल पुस ११ गते शुक्रबारको राशिफल
मन्त्रिपरिषद् बैठकः विभिन्न जिल्लाका नौ स्थानमा इलाका प्रशासन कार्यालय स्थापना गर्ने
पुष १२ गते शनिवारकाे राशिफल, तपाइकाे आज दिन शुभ रहाेस्
महाधिवेशन विवाद : कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
प्रतिक्रिया