रामेछाप बस दुर्घटनामा मृत्यु हुनेमध्ये ८ जनाको सनाखत, को–को परे ?

काठमाडौँ । रामेछापको सुनापती गाउँपालिका ५ र खाँडादेवी गाउँपालिका १ को सिमानामा आज बिहान भएको बस दुर्घटनामा परी मृत्यु हुनेमध्ये ८ जनाको सनाखत भएको छ ।
बस दुर्घटनामा परी १२ जनाको मृत्यु भएको थियो । दुर्घटनामा ९ जनाको घटनास्थलमै र ३ जनाको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो । मृत्यु हुनेमा ७ जना पुरुष र ५ जना महिला रहेका छन् ।
रामेछाप प्रहरीका अनुसार मृत्यु हुनेमा सुनापति ५ की २६ वर्षीया समरिता तमाङ, ६० वर्षीय ठुला तामाङ, ३६ वर्षीय ढुकुरे भन्ने खडक विक, २२ वर्षीया विपना तामाङ, कान्छी माया भन्ने शुभलक्ष्मि, सुनापति–४ की ३६ वर्षीया सन्जु आलेमगर, काभ्रेको रोशी गाउँपालिकाकी कमला तामाङ, काभ्रेकै सुदिप गमजेर रहेका छन् ।
दुर्घटनामा घाइते भएका २१ जनाको धुलिखेल अस्पतालमा उपचार भइरहेको छ । रामेछापको हिलेदेखि काठमाडौँ आउँदै गरेको बा ३ ख ८६९६ नम्बरको बस आज बिहान सवा १० बजे दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय रामेछापले जानकारी दिएको छ ।
















इरानले अमेरिकासँगको वार्ताका लागि पाकिस्तानी मध्यस्थतामा नयाँ प्रस्ताव प्रस्तुत
अर्थमन्त्रीसँग अमेरिकी विशेष दूतको भेट
दाङमा मुटुको ‘एन्जियोप्लाष्टि’ सेवा सुरु
भारतमा खाना पकाउने ग्यास र जेट इन्धनको मूल्य वृद्धि
जनादेशअनुसार अघि बढ्न कांग्रेस प्रतिबद्ध छः सभापति थापा
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
चितवन राष्ट्रिय निकुञ्जद्वारा अतिक्रमित क्षेत्र खाली गर्न पन्ध्र दिने सूचना जारी
काठमाडौँ महानगरको निर्देशनपछि बसपार्कबाट सञ्चालन हुन थाले धादिङ र नुवाकोटका बस
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
प्रतिक्रिया