शनिबार, माघ ३, २०८२

नेप्से परिसूचक भारी अंकले गिरावट, आज कति पुग्यो ?

मेरोन्यूज २०७९ असार २१ गते १५:४९

काठमाडौँ । आज नेप्से परिसूचकमा भारी अंकले गिरावट आएको छ । मंगलबार बजार ४६.०८ अंकले घट्दै २०३०.५९ बिन्दुमा आएर रोकिएको हो ।

सोमबारको तुलनामा मंगलबार कारोबार रकममा समेत कमी आएको छ । आज २ अर्ब ९६ करोड ८४ लाख ८५ हजार २२३ रुपैयाँको कारोबार भएको छ ।

मंगलबार कूल २२९ वटा कम्पनीको ४९ हजार ४१६ वटा कारोबारबाट ८६ लाख १३ हजार ४८९ कित्ता सेयर किनबेच भएको छ । घट्दो बजारमा सीवाईसी नेपाल लघुवित्तको मूल्यमा पोजेटिभ सर्किट लागेको छ ।

प्रतिक्रिया