मंगलबार, चैत २४, २०८२

रजिनको “व मनू सू मनू ?” सार्वजनिक

मेरोन्यूज २०७९ असार २२ गते १८:४०

काठमाडौं । मगन ईन्टरटेनमेन्टको निर्माण र रजिन महर्जनको छायांकन तथा निर्देशनमा नेपाल भाषाको गीत “व मनू सू मनू ?” अर्थात “त्यो मान्छे को हो?” बोलको म्युजिक भिडियो असार २० गते सोमवार कीर्तिपुर सिनेप्लेक्स्मा प्रिमियिर शोको आयोजना गरेर सार्वजनिक गरिएको छ । संगितकार भुवन महर्जनको शब्द संगीतमा तयार भएको उक्त गीतमा गायक राजेन्द्र डंगोलले स्वर दिएका छन् भने संगीतकार तथा गायक सुरेन्द्र श्रेष्ठले संगीत संयोजन गरेका छन् ।

Advertisement
nepal life insurencenepal life insurence

कीर्तिपुरको इतिहासमा एक फरक विशेषता भएको पात्रको चरित्रलाई यस म्यूजिक भिडियोमा प्रस्तुत गरिएको छ । करिब १५ बर्ष अगाडि कीर्तिपुरमा भारी बोक्ने कार्य गर्ने पात्रको कथा यस म्यूजिक भिडियोमा समेटीएको छ । किर्तिपुरबासीले ‘बिजय’ भनेर चिन्ने उक्त पात्रको सडक जीवनलाई भिडियोमा अभिव्यक्त गरिएको हो । प्रिमियर शोका प्रमुख अतिथि बरिष्ठ कलाकार मदन दास श्रेष्ठले निर्देशकको कलाकार चयन तथा सानो सानो पक्षलाई समेत महत्वका साथ छायांकन गरेको कुरालाई बिशेष जोड दिए ।

साथै उहाँले यस म्युजिक भिडियोका मुख्य कलाकार लक्ष्मी कुमार महर्जनको अभिनयलाई निकै तारिफ गरेका थिए । निर्देशक रजिन महर्जनले यस भिडियो नेपाल भाषामा निर्माण हुने परम्परागत श्रब्य दृश्य समाग्रीहरु भन्दा फरक शैलीको निर्माण भएको र नेपाल भाषा फिल्म मेकिङ्ग सेक्टरको इतिहासमा क्रान्तिकारी कदम हुने बताए ।

नेपाली, हिन्दी, चाइनिज र अंग्रेजी भाषाको सबटाइटल सहित मगन इन्टरटेन्मेन्टको यूट्यूव च्यानल मार्फत सार्वजिनिक गरेको यस म्यूजिक भिडियोमा देवेन्द्र महर्जन, बुद्धलक्ष्मी महर्जन, नरेन्द्र महर्जन, ज्ञानी शोभा महर्जन तथा धन बहादुर महर्जन लगायत कलाकारहरुको पनि अभिनय रहेको छ । यस म्यूजिक भिडियोलाई कीर्तिपुरको बिभिन्न स्थानहरुमा छायांकन गरिएको छ । पवन प्याकुरेलको निर्माण नियन्त्रणमा बनेको यो भिडियोको कलर ग्रेडिङ्ग सन्जिव रत्न शाक्यले गरेका हुन् भने सहायक निर्देशन बिक्रम महर्जनले र कला निर्देशन रेलिजा श्रेष्ठले गरेकी हुन् ।

प्रतिक्रिया