सन्दीपले तल्लावाजबाट सिपिएल खेल्ने
मेरोन्यूज
२०७९ असार २२ गते १८:४८

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछानेले जमैका तल्लावाजबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्ने भएका छन् ।
आगामी ३० अगस्टदेखि ३० सेप्टेम्बरसम्म हुने प्रतियोगिताका लागि तल्लावाजले सन्दीपलाई अनुबन्ध गरेका जानकारी दिएको छ ।
सन्दीपले २०२० मा पनि जमैका तल्लावाजबाटै सिपिएल खेलेका थिए । सन्दीपले यसअघि सेन्ट किट्स एन्ड भेभिस प्याट्रिओट्सबाट पनि सिपिएल खेलिसकेका छन् ।
मंगलबार मात्रै सन्दीप श्रीलंकाको फ्रेन्चाइज लिग खेल्ने पक्का भएको थियो । ३१ जुलाई देखि २१ अगस्टसम्म हुने लंका प्रिमियर लिगका लागि दमुल्ला जायन्ट्सले ४० हजार डलरमा सन्दीपलाई अनुबन्ध गरेको हो ।
सम्बन्धित
















नेकपाको केन्द्रीय संयोजन समिति बैठक बस्दै, नेताहरूको कार्यविभाजन गरिने
लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
प्रतिक्रिया