महाकाली तुइन प्रकरणः अझै भेटिएनन् सचिन, वडा अध्यक्ष भन्छन्–‘भेटिने छाटँकाट देखिदैन’

काठमाडौं । दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय युवक अझै फेला पर्न सकेका छैनन् । बुधबार भारतबाट घर फर्किन तुइनबाट नदी तर्दै गरेको तुइन चुडिदाँ नदीमा खसेर १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।
नदीमा खसेर वेपत्ता भएका सचिन दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नंबर २ का हुन् ।
उनी बिहिबार दिउँसो सभा १ बजे बजेसम्म पनि फेला नपरेको ब्यास गाँउपालिका वडा नंबर २ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीले मेरोन्यूजलाई जानकारी दिए ।
‘प्रहरी, सशस्त्र प्रहरीहरू बिहानैदेखि परिचालन भएका छन् । अहिलेसम्म केही पत्ता लागेको छैन । सबै ठाउँमा खोज्न लगाइराखेका छौं,’वडा अध्यक्ष बुढाथोकीले भने,‘सचिनको खोजीमा स्थानीयहरु पनि लागिपरेका छन् तर भेटिने छाँटकाटँ छैन ।’
निकै अफ्ट्यारो र गहिरो ठाउँमा खसेको कारण उनलाई भेट्न मुस्किल रहेको समेत वडाअध्यक्ष बुढाथोकीले बताए ।
उनले भने,‘सचिन एकदम कोप्चेरोमा खसेको भन्ने कुरो छ, त्यहाँ एकदम गहिरो पनि छ, आशा गरौँ छिट्टै भेटियोस् । तर अफ्ट्यारो भएको कारणले भेटिने छाँटकाट देखिदैन ।’
उनी खसेर बेपत्ता भएपछि महाकाली किनारमा रहेका प्रहरी तथा सशस्त्र प्रहरीको पोष्टबाट सुरक्षाकर्मीहरू खोजी गर्नको लागि खटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए । उनी तुईन चुडिएर नदीमा खस्दा वेपत्ता भएका थिए ।
















कर्णाली प्रदेशसभाको आठौँ अधिवेशन आह्वानका लागि सिफारिस
पर्यटक बसका लागि बसपार्क नहुँदा समस्या
इन्डोनेसियामा रेल दुर्घटना, १४ जनाको मृत्यु ८४ जना घाइते
One dies in accident
पूर्णबहादुर खड्काले आङ्देम्बेलाई शुभकामना दिँदै भने – जिम्मेवारी ऐतिहासिक बनोस्
सुकुमवासी बस्ती हटाउने सरकारको शैलीप्रति रञ्जु दर्शनाको असन्तुष्टि -मागिन् माफी
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
प्रतिक्रिया