महाकाली तुइन प्रकरणः अझै भेटिएनन् सचिन, वडा अध्यक्ष भन्छन्–‘भेटिने छाटँकाट देखिदैन’

काठमाडौं । दार्चुलाको महाकाली नदीमा खसेर बेपत्ता भएका १८ वर्षीय युवक अझै फेला पर्न सकेका छैनन् । बुधबार भारतबाट घर फर्किन तुइनबाट नदी तर्दै गरेको तुइन चुडिदाँ नदीमा खसेर १८ वर्षीय सचिन बुढाथोकी बेपत्ता भएका हुन् ।
नदीमा खसेर वेपत्ता भएका सचिन दार्चुला जिल्लाको व्यास गाउँपालिका वडा नंबर २ का हुन् ।
उनी बिहिबार दिउँसो सभा १ बजे बजेसम्म पनि फेला नपरेको ब्यास गाँउपालिका वडा नंबर २ का वडा अध्यक्ष धिरन सिंह बुढाथोकीले मेरोन्यूजलाई जानकारी दिए ।
‘प्रहरी, सशस्त्र प्रहरीहरू बिहानैदेखि परिचालन भएका छन् । अहिलेसम्म केही पत्ता लागेको छैन । सबै ठाउँमा खोज्न लगाइराखेका छौं,’वडा अध्यक्ष बुढाथोकीले भने,‘सचिनको खोजीमा स्थानीयहरु पनि लागिपरेका छन् तर भेटिने छाँटकाटँ छैन ।’
निकै अफ्ट्यारो र गहिरो ठाउँमा खसेको कारण उनलाई भेट्न मुस्किल रहेको समेत वडाअध्यक्ष बुढाथोकीले बताए ।
उनले भने,‘सचिन एकदम कोप्चेरोमा खसेको भन्ने कुरो छ, त्यहाँ एकदम गहिरो पनि छ, आशा गरौँ छिट्टै भेटियोस् । तर अफ्ट्यारो भएको कारणले भेटिने छाँटकाट देखिदैन ।’
उनी खसेर बेपत्ता भएपछि महाकाली किनारमा रहेका प्रहरी तथा सशस्त्र प्रहरीको पोष्टबाट सुरक्षाकर्मीहरू खोजी गर्नको लागि खटिएको दार्चुलाका प्रमुख जिल्ला अधिकारी दीर्घराज उपाध्यायले जानकारी दिए ।
गत वर्षको साउन १५ मा सोही ठाउँमा तुइन तरेर भारत जाने क्रममा खसेर जयसिंह धामी पनि बेपत्ता भएका थिए । उनी तुईन चुडिएर नदीमा खस्दा वेपत्ता भएका थिए ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
भक्तपुरमा पुरानालाई नयाँको चुनौती : महेश बस्नेतसँग भिड्दै राजीव खत्री र दीपशिखा
पर्सा–३ मा एमालेका रूपेश पाण्डेद्वारा उम्मेदवारी दर्ता
प्रतिक्रिया