शुक्रबार, माघ ९, २०८२

२७० किलो गाजासहित दुई भारतीय पक्राउ

मेरोन्यूज २०७९ असार २३ गते १४:४९

काठमाडौँ । वीरगञ्जबाट प्रहरीले २७० किलो गाँजासहति २ जनालाई पक्राउ गरेको छ । भारत बिहार जिल्ला महोत्तरी ग्राम सेमरी ११ बस्ने २७ वर्षीय विजेशकुमार यादव र बिहार पूर्वी चम्पारणका ५० वर्षीय धर्मेन्द्र यादव पक्राउ परेका हुन् ।

लागु औषध गाजा ओसार पसार भइरहेको सूचनाको आधारमा बिहीबार बिहान साढे ८ बजे गाजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

युपी २१ एएन ९९५७ नम्बरको ट्रक रोकेर चेकजाँच उक्त परिमाणको गाजा बरामद गरिएको र उनीहरुविरुद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया