त्रियुगा नदीको भाँचिएको पुलको परराष्ट्र मन्त्री खड्काले गरे अवलोकन

उदयपुर । परराष्ट्र मन्त्री डा. नारायण खड्काले एक वर्षअघि आएको बाढीले बगाएको उदयपुरको चौदण्डीगढी नगरपालिका–५ शिवाई र बेल्हा जोड्ने त्रियुगा नदीको पक्की पुलको अवलोकन गरेका छन् ।
निर्माण सम्पन्न भई उद्घाटन गर्ने अघिल्लो दिन आएको बाढीले पुल बगाएको थियो । उद्घानन अघि नै भाँचिएपछि त्यस क्षेत्रका जनता नदी वारपार गर्न समस्यामा पर्दै आएका छन । गत वर्ष १९ असारमा नदीमा आएको बाढीले पुलको पश्चिम पट्टिको दुईवटा पिलर भासिएपछि पुलको स्याल्ब झारेको थियो ।
परराष्ट्र मन्त्री डा.खड्काले पुलको स्थलगत अवलोकन गरेर जानकारी लिएका छन् । करिब १२ वर्ष लगाएर निर्माण भएको पुल भत्किएपछि दैनिक सयौँको संख्यामा सोही बाटो भएर आवतजावत गर्ने स्थानीयवासीले सास्ती व्यहोर्नु परेको छ । भाँचिएको पुल बन्ने नबन्ने अन्योलमा परेको बेला मन्त्री खड्काको अवलोकन भ्रमण जनतामा आशा पलाएको छ ।
मन्त्री खड्कासँगै अबलोकनमा आएका पुल महाशाखाका उपनिर्देशक उमेशबिन्दु श्रेष्ठले पुल भाँसिको कारणबारे अध्ययन भइरहेकाले ढिलाई भएको जानकारी दिए ।
विस्तृत अध्ययन रिर्पोट आउने र त्यसपछि निर्माण प्रक्रियाअघि बढ्ने उपनिर्देशक श्रेष्ठले जानकारी दिए । पुल निर्माण तथा रेखदेखको जिम्मा पाएको गाईघाट–दिक्तेल सडक योजना कार्यालय गाईघाटका डिभिजन इन्जिनियर गोपालप्रसाद खकुरेलले पुलचोक इन्जिनियरिङ्ग क्याम्पसले यसबारेमा अध्ययन गरिराखेकाले ढिलाई हुन पुगेको बताए ।
बाढीले उदयपुरको चौदण्डीगढी नगरपालिका– ५ शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणधीन मोटेरेबल पक्की पुल १९ असार २०७८ सालमा आएको बाढीले बगाएको हो । शिवाई र बेल्ही जोड्ने त्रियुगा नदीको निर्माणाधीन मोटेरेबल पक्की पुलको अध्ययनका लागि मन्त्रालयले विशेषज्ञ टोली गठन गरेको थियो ।








सङ्खुवासभामा आगलागीमा परी वृद्धको मृत्यु
दोहोरो अंकले घट्यो सेयर बजार
विधान संशोधनपछि सुरेन्द्र पाण्डेको आपत्ति : ‘हिजो घटाउने अनि आज बढाऔं भन्नु मनपरी होइन?’
गभर्नरलाई बर्खास्तीको माग गर्दै जेन–जी युनाइटेडले अर्थमन्त्रीलाई बुझायो ज्ञापनपत्र
एसिया कप भोलिदेखि, नेपाली टोली युएइ पुग्यो
फाइनल पुग्न विराटनगरलाई लुम्बिनीले दियो १३५ रनको लक्ष्य
एमालेको सचिव पदमा शेरधन राईको उम्मेदवारी घोषणा
एनपिएलकाे अन्तिम खेल शनिबार: उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्ने
विराटनगरलाई हराउँदै लुम्बिनी एनपीएलकाे फाइनलमा
प्रतिक्रिया