बुढीगंगामा ६ वडा मत गणना सकिँदा कांग्रेसले खोल्यो खाता

काठमाडौँ । बाजुराको बुढीगंगा नगरपालिकामा जारी मत गणनाअन्तर्गत ६ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ६ वडाको मत गणना सम्पन्न हुँदा नेपाली कांग्रेसले एक ठाउँमा जित हात पारेको छ ।
नेपाली कांग्रेसले बुढीगंगा नगरपालिका ८ का वडाध्यक्ष पद जितेको हो । वडा नम्बर ८ मा नेपाली कांग्रेसका उम्मेदवार रमेश बहादुर रावल विजयी भएका हुन् । नेकपा एमालेका उम्मेदवार विराज रावललाई पराजित गर्दै उनी वडाध्यक्षमा विजयी भएका हुन् ।
वडा नम्बर १ मा एमाले रणबहादुर थापा, वडा नम्बर–२ मा नेकपा एमालेका पदम बहादुर भण्डारी, वडा नम्बर–३ मा नेकपा एमालेका खडबहादुर अधिकारी, वडा नम्बर–९ मा मीनबहादुर सिंह र वडा नम्बर–१० मा एमालेकै दलबहादुर साउद डेभिड विजयी भएका हुन् । अहले वडा नम्बर–४ र ७ को मत गणना भइरहेको छ ।
मेयरमा एमालेका उम्मेदवार राम बहादुर बानियाँ तीन हजार ३५१ मतसहित अग्र स्थानमा रहँदा नेपाली कांग्रेसका उम्मेदवारी दिएका रंगबहादुर खातीले एक हजार ७८९ मत ल्याएका छन् ।
उप मेयरमा एमालेकी माया कुमारी खड्का (कुँवर) तीन हजार २५८ मतसहित लिड गरिरहेकी छन् । कांग्रेसकी उम्मेदवार रिता शाही (शाह)ले एक हजार ८६२ मत ल्याएकी छन् । यहाँ ९ हजार १२८ मते खसेको थियो ।
















यस्तो छ आज कृषिउपजको थोक मूल्य
अमेरिकी राष्ट्रपति ट्रम्पका विशेष दूत गोर आज नेपाल आउँदै
राष्ट्रपतिले अध्यादेशबारे संविधानविद्हरूसँग आज ४ बजे छलफल गर्दै
अध्यादेशबारे छलफल गर्न आज पनि विपक्षी दलको बैठक बस्दै
चौतर्फी बिरोधपछि अध्यादेशबारे सरकारको प्रष्टिकरण
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया