लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा बुधबार

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्सको साधारणसभा बुधबार बस्ने भएको छ । सभामा १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश हुनेछ । कम्पनीले आर्थिक वर्ष २०७७–७८ को नाफाबाट ९।५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०।५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्दैछ ।
यस्तै, कम्पनीले मर्जर तथा प्राप्ति सम्बन्धी प्रस्ताव पनि पेश गर्नेछ । मर्जर तथा प्राप्ति प्रकृयामा जाने भएमा सो को जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय समेत गर्नेछ । प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने एजेन्डा पनि छ । आर्थिक वर्ष २०७७–७८ को वासलात, नाफा–नोक्सान र नगद प्रवाहमाथि छलफल हुनेछ । आर्थिक वर्ष २०७८–७९ को लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक निर्धारण गर्ने लगायतका एजेन्डा पनि राखिएको छ ।
कम्पनीको अधिकृत पुँजी १ अर्ब २५ करोड रुपैयाँबाट बढाएर ३ अर्ब पुर्याउने एजेन्डा पनि छ । सभा प्रयोजनका लागि लुम्बिनी जनरलले असार १५ गते बुक क्लोज गरिसकेको छ । असार १४ गतेसम्म कायम सेयरधनीले सभामा भाग लिन सक्नेछन् ।














निर्वाचन सफलतापूर्वक सम्पन्न गरेकामा सरकारलाई नागरिक अभियानद्वारा धन्यवाद ज्ञापन
ओलीका पिताको निधनमा रवि लामिछानेद्वारा दुःख व्यक्त
ओलीका पिता मोहनप्रसादको पशुपति आर्यघाटमा अन्त्येष्टि
इरानको आक्रमणपछि तेल मूल्य उच्च, शेयर बजार घट्दै
प्रचण्ड र रविबीच कुराकानी
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
मध्यपूर्व युद्धः लेबनानमा एक लाख मानिस विस्थापित
प्रतिक्रिया