गर्भपतन अधिकार उल्ट्याएको विरोधमा वासिंगटनमा विशाल विरोध

न्युयोर्क । सर्वोच्च अदालतले गत महिना गर्भपतनको अधिकार उल्ट्याएको विरोधमा अमेरिकाको राजधानीमा वासिंगटन डीसीमा हजारौं मानिसले प्रदर्शन गरेका छन् ।सर्वोच्च अदालतले गर्भपतनको अधिकार उल्ट्याएको दुई सातापछि प्रदर्शन भएको हो ।
‘हामी फिर्ता जानेछैनौं’ भन्ने नारा लगाउँदै प्रदर्शनकारीहरू जम्मा भएका थिए । प्रदर्शनकारीमध्ये केहीले आफूलाई बाहिर गेटमा बाँधेका थिए । प्रदर्शनमा अमेरिकाभरबाट आएका १० हजार जनाको सहभागीता रहेको आयोजकले जनाएको छ ।
प्रदर्शनमा भाग लिन करिब १,३०० माइल यात्रा गरी डलासका ३३ वर्षीया न्यायधिवक्त लरेन पियर्स पनि सहभागी थिइन् । शारीरिक स्वायत्तताको मौलिक अधिकारका लागि आफू त्यहाँ उपस्थिति भएको उनले बताइन् ।
पियर्सको गृह राज्य टेक्सास अमेरिकामा गर्भपतनलाई पहिले नै निषेध गरिएका १० राज्यहरूमध्ये एक हो । कम्तिमा एक दर्जन अन्य राज्यहरूले पनि गर्भपतनमा अकुंश लगाउने अपेक्षा गरिएको छ ।
तर, गर्भपतनलाई हत्याको रुपमा हेर्ने अभियानकर्ताहरूले अदालतको पछिल्लो फैसलाको स्वागत गरेका छन् ।
















लालीगुराँस महोत्सवमा साहित्यमय बन्यो चोत्लुङ पार्क
आज लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भू–भागमा तातो दिन, अन्य प्रदेशमा बादल लाग्ने
राष्ट्रपति पुटिन भेट्न इरानी विदेशमन्त्री रुसमा
आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया