ठेकेदारको लापरबाहीले कमसल ट्रस भवनमा अक्सिजन प्लान्ट

काठमाडौँ । जिल्ला अस्पताल खोटाङमा निर्माण गरिएको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको छ । प्रदेश १ प्रदेशको एक करोड ५० लाख लगानीमा मुन रक्स इन्टरनेशनल प्रालिले निर्माण गरेको अक्सिजन प्लान्टको ट्रस भवन कमसल भएको पाइएको हो ।
जिल्लामै अक्सिजन उत्पादन गर्ने उद्देश्यले जडान गरिएका उपकरण सही देखिए पनि ट्रस भवन कमसल बनेको जिल्ला समन्वय समितिका प्रमुख सनबहादुर राईले बताए । ‘ट्रस भवनको पर्खाल धकेल्दा ढल्ने र छानासमेत कागजजस्तो हालेको देखिएको छ,’ उनले भने, ‘पर्खालभन्दा माथि र छानामुनिको ‘स्पेस’मा कुखुराको खोरलाई बारेजस्तो पातलो तारजालीले बारेको देखिएकाले भुक्तानी रोक्न भनिएको छ ।’
अक्सिजन प्लान्टको ट्रस जिल्ला अस्पतालकै एउटा भवनसँग अडेस लगाएर (टाँसेर) बनाइएको छ । तर, ट्रस टाँसिएको भागमा पर्खाल लगाइएको छैन । सिङ्गल इँटाको पर्खाल रहेकाले निर्माणाधीन अस्पताल भवनको निर्माण सामग्री ओसारपसारका क्रममा ओहोरदोहोर गर्ने ठूला सवारी साधन (हेभिवेट) गाडीको कम्पनले अक्सिजन प्लान्टको ट्रस चर्किएर भत्किने खतरा छ । अक्सिजन प्लान्टको ट्रस निर्माणका क्रममा गुणस्तरहीन काम भएको आवाज उठाउँदासमेत निर्माण कम्पनीका प्रतिनिधिले बेवास्ता गरेको स्थानीय बासिन्दा इन्द्र कसजूले बताए ।
अक्सिजन प्लान्टको ट्रस कमसल बनाइएको भन्दै गुनासो आएपछि गत शुक्रबार नगरप्रमुख तीर्थराज भट्टराई, जिसस सदस्य दुर्गाप्रसाद घिमिरे, कांग्रेस जिल्ला सचिव ज्ञानेन्द्र जोशी, राप्रपाका अध्यक्ष ललितकुमार राईलगायतको टोलीले निरीक्षण गरेको थियो ।
















सोमबारको राशिफल, कुन राशिका लागि शुभ रहला आजकाे दिन ?
नेपाल-कतार संयुक्त व्यवसाय परिषद् काठमाडौँमा, द्विपक्षीय व्यापार तथा लगानी अभिवृद्धि बारे छलफल हुने
वरिष्ठ कलाकार थापाको अन्तिम दाहसंस्कार पशुपति आर्यघाटमा
राउटेले बनाएका भाँडा किन्नेभन्दा फोटो खिच्ने धेरै
आज कति छ सुनको भाउ ?
किन आए भारतबाट एसएसबीका पाँच डिआइजी बिराटनगरमा ?
कस्ताे रहला आज देशभरकाे माैसम ?
निर्वाचनको ४८ घण्टा अगावै नेपाल-भारत सीमानाका बन्द गरिने
यस्तो छ आजका लागि निर्धारण गरिएको विदेशी मुद्राको विनिमयदर
प्रतिक्रिया