प्रसाईं परिवारद्वारा श्री कृष्ण प्रणामी मन्दिरका लागि १५ लाख रुपैयाँ दान

काठमाडौँ । कागेश्वरी मनोहरा नगरपालिका ८ स्थित श्री नवतनधाम श्रीकृष्ण प्रणामी मन्दिरका लागि करिब १५ लाख रुपैयाँ हस्तान्तरण भएको छ । स्व. बद्री प्रसाद प्रसाईंको सम्झनामा उनकी धर्मपत्नि देवमाया तथा छोरा, बुहारी, छोरी नातिनातिनाहरुले नवतनधान एवं निजानन्द एकेडेमी सञ्चालन गर्न अक्षय कोषका लागि १५ लाख १६ हजार ६६६ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
श्री नवतनधाम श्रीकृष्ण प्रणामी मन्दिरमा बुवाको स्मृतिमा अक्षयकोष स्थापनाका लागि लागि १० लाख ११ हजार १११ रुपैयाँ र कान्छो भाइ स्व. भरत प्रसाईंको स्मृतिमा निजानन्द एकेडेमीमा अध्ययनरत विद्यार्थीलाई वार्षिक छात्रवृत्ति प्रदान गर्न ५ लाख ५ हजार ५५५ रुपैयाँको अक्षय कोष स्थापना गर्न उक्त रकम हस्तान्तरण गरिएको प्रहरी उपरीक्षक कृष्ण प्रसाईंले जानकारी दिए ।
कार्यक्रममा श्री नवतनधाम श्रीकृष्ण प्रणामी सेवा समितिका केन्द्रीय अध्यक्ष श्याम कृष्ण शर्माले समाजसेवामा संलग्न रही उक्त अक्षय कोष स्थापनाका लागि रकम हस्तान्तरण गर्ने सदस्यलाई दोसल्ला ओढाएर सम्मान गरेका थिए ।
















दुईदिने बिदालाई कार्यान्वयन गराउन नेपाल शिक्षक महासङ्घ दृढ
वर्षापछि काठमाडौँ उपत्यकाको वायुको गुणस्तरमा सुधार
उपसभामुख ठाकुरको स्वास्थ्यमा सुधार
मध्यपूर्व तनाव चर्किंदा तेलदेखि कूटनीतिसम्म असर
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया