श्रीलंका संकट : राष्ट्रपतिले गरे राजीनामा दिएको पुष्टि

कोलम्बो । श्रीलंकाका संकटग्रस्त राष्ट्रपति गोटाबाया राजापाक्षेले आफ्नो राजीनामा पुष्टि गरेको प्रधानमन्त्रीको कार्यालयले जनाएको छ । प्रदर्शनकारीहरूले दुबै नेताको सरकारी निवास कब्जा गरिरहेका बेला राष्ट्रपतिले आफ्नो राजीनामा पुष्टि गरेका हुन् ।
प्रदर्शनकारीहरूले अझै पनि राष्ट्रपति भवन र प्रधानमन्त्री निवास कब्जा गर्दै छन् र नेताहरूले पद त्याग नगरेसम्म बाहिर निस्कन अस्वीकार गर्दै आएका छन् । गोटाबायाले १३ जुलाइमा राजीनामा दिने संसदका सभामुखले बताएका छन् । तर उनको घोषणाप्रति धेरै प्रदर्शनकारीले शंका व्यक्त गरेका छन् ।
सोमबार प्रधानमन्त्री रनिल विक्रमासिंघेको कार्यालयले एक विज्ञप्ति जारी गर्दै राजापाक्षेले बुधबार राजीनामा दिने औपचारिक जानकारी दिएको जनाएको छ । तथापि, राजापाक्षेबाट कुनै प्रत्यक्ष शब्द आएको छैन ।
श्रीलंकाको संविधानअनुसार संसदको सभामुखलाई पत्र पठाएपछि मात्र उनको राजीनामा औपचारिक रूपमा स्वीकार हुन्छ । तसर्थ, पत्र पठाएपछि मात्र औपचारिक रुपमा उनले पदबाट राजीनामा दिएको पुष्टि हुनेछ ।
















आगामी दश वर्षमा चौबीस हजार पाँच सय मेगावाट विद्युत् उत्पादन गरिने
रुस र उत्तर कोरियाबीच ‘दीर्घकालीन’ सैन्य सहकार्यका लागि सहमति
यस्तो छ आज विदेशी मुद्राको विनिमयदर
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
आइसिसी महिला च्यालेन्ज ट्रफीः नेपाल अमेरिकासँग पराजित
चितवनमा ‘स्विप अपरेशन’ ११३ जना पक्राउ
तत्कालीन किष्ट बैङ्क घोटालामा फरार श्रेष्ठ पक्राउ
साँखुमा गोली चल्यो
कच्चा पदार्थको अभावमा हेटौँडा सिमेन्ट उद्योग बन्द
चिल्ड्रेन भिजन नेपालद्वारा सुकुमबासी बस्ती खाली गर्ने क्रममा बालअधिकार सुनिश्चित गर्न सरकारलाई ध्यानाकर्षण
प्रतिक्रिया