संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन विश्वप्रकाश-गगनको दबाब

काठमाडौं । राष्ट्रिय सभामा दर्ता संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन प्रधानमन्त्रीसमेत रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई पार्टीभित्रबाटै दबाब भएको छ ।
कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले संवैधानिक परिषदसम्बन्धी विधेयक फिर्ता लिन आग्रह गरेका हुन् । ‘संवैधानिक परिषदसम्बन्धी राष्ट्रिय सभामा दर्ता विधेयक फिर्ता हुनुपर्छ। हिजो केपी शर्मा ओली प्रधानमन्त्री हुँदा त्यो विधेयक गलत थियो भनेका थियौं । हिजो गलत भनेका विषयलाई अहिले सही भनेर अघि बढाउन सकिन्न। त्यो विधेयक फिर्ता हुन्छ,’ महामन्त्री थापाले भने ।
अर्का महामन्त्री शर्माले ओलीका पालामा पनि त्यस्तै विधेयक आएकोमा विरोध गरिएको र अहिले पनि विरोध गरिने बताएका छन् । ‘ओलीको पालामा जो गलत, देउवाको पालामा पनि गलत, यसमा हामी शतप्रतिशत प्रष्ट छौं,’ शर्माले भने, ‘संवैधानिक परिषद् सम्बन्धी विधेयक अविलम्ब फिर्ता त हुनुपर्छ।’
उनले संवैधानिक परिषदसम्बन्धी विधेयक कसको सल्लाहमा लगिएको हो भन्ने प्रश्न पनि सभापति देउवासँग गरेका छन्। ‘कसको सल्लाहमा यस्तो विधेयक लगिन्छरु प्रधानमन्त्रीको गम्भीर जवाफदेहिता जरूरी छ,’ शर्माले भने।
संवैधानिक परिषदमा ६ जना रहने व्यवस्था छ। हाल उपभामुख पद रिक्त छ। सरकारले ल्याएको विधेयकअनुसार अब तीन जना भए मात्र पनि संवैधानिक निकायमा नियुक्ति गर्ने बाटो खुल्नेछ। यो विधेयकलाई कांग्रेसकै नेताहरूले विरोध गरेका थिए।
















बुद्धका उपदेशले विश्वलाई शान्तिको सन्देश दिएको छः परराष्ट्रमन्त्री
बल्खु र वंशीघाट क्षेत्रका सुकुम्बासी बस्ती हटाइँदै
प्रदेश स्तरीय बाह्रसिङ्गा ब्याडमिन्टन प्रतियोगिता सुरु
सुनचाँदीको मूल्य वृद्धि, आजको कारोबारको मूल्य कति ?
बुद्धको जन्मजयन्तीको शुभकामना दिंदै प्रधानमन्त्री बालेन- ‘साँचो क्रान्ति ‘क’ बाट होइन ‘ज्ञ’ बाट सुरु हुन्छ’
बुधबार साँझदेखि तीव्र गतिको हावाहुरीसहित वर्षाको सम्भावना, उच्च सतर्कता अपनाउन आग्रह
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
जनताको चाहना र भूगोललाई हेरेर नीति बन्नुपर्छ मुख्यमन्त्री बानियाँ
गोल्छालाई २४ घण्टाभित्र उपस्थित गराउन सर्वोच्चको आदेश
कांग्रेसले भन्याे – बहुमत हुँदाहुँदै अध्यादेशको बाटो रोज्नु खतरनाक संकेत
प्रतिक्रिया