बुधबार, वैशाख १६, २०८३

आफन्तको नाममा करोडौं बजेट छुट्याएको भन्दै मुख्यमन्त्री र मन्त्रीका लागि ‘रु १ दान’ अभियान

मेरोन्यूज २०७९ असार २७ गते १२:५५

काठमाडौं । गण्डकी प्रदेश सरकारले मुख्यमन्त्री, मन्त्री र सत्ता गठबन्धनका नेता तथा सांसदका आफन्त अनि निजी प्रतिष्ठानका नाममा करोडौं बजेट विनियोजन गरेको विरोधमा एमालेनिकट अनेरास्ववियुले एक रूपैयाँ दान अभियान चलाएको छ ।

Advertisement
NiccNicc

अनेरास्ववियु गण्डकी प्रदेश कमिटीले गठबन्धनका नेताहरूको पुत्ला लगाएर ‘रु १ दान’ अभियान चलाएको हो । अखिलका गण्डकी प्रदेश अध्यक्ष प्रकाश पौडेलसहितका कार्यकर्ताले रत्नचोकमा उभिएर मुख्यमन्त्रीसहित गठबन्धन नेताहरुको लागि दान मागेका थिए ।

सरकारले परिवारका नाममा सरकारी ढुकुटी रित्याएको हुनाले जनतालाई सचेत गराउन रचनात्मक विरोध प्रदर्शन गरिएको बताए । पौडेलले ‘रु १ दान अभियान’ गण्डकीका सबै जिल्लामा सुरू गरिएको बताए ।

व्यक्तिगत रूपमा खुलेका प्रतिष्ठान तथा कोषमा सरकारी बजेट बजेट विनियोजन गर्ने क्रममा मुख्यमन्त्री कृष्णचन्द्र नेपाली, सामाजिक विकासमन्त्री मेखलाल श्रेष्ठ, कांग्रेस नेता अर्जुनप्रसाद जोशी, सीताकुमारी काफ्ले, जनमोर्चाकी प्रदेश सांसद पियारी थापालगायतका प्रतिष्ठानमा पैसा लगाइएको छ ।

प्रतिक्रिया