बुधबार, वैशाख १६, २०८३

आईजीपी नियुक्ति प्रकरण : सरकारी वकिल बिरामी भएपछि शुक्रबारलाई सर्‍यो मुद्दाको पेसी

मेरोन्यूज २०७९ असार २७ गते १३:०६

काठमाडौं । नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्ति विरुद्धको मुद्दामा अन्तिम सुनुवाइ सकेर फैसला गर्ने मिति तोकिएको सुनुवाइको पेसी सार्न सरकारी पक्षले निवेदन दिएको छ । सरकारी पक्षले बहसमा सहभागी हुन नसक्ने भन्दै निवेदन दिएपछि अर्को सुनुवाइ शुक्रबारका लागि सारिएको छ।

Advertisement
NiccNicc

धीरजप्रताप सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध एआईजी विश्वराज पोखरेलले दायर गरेको रिटमा आज सोमबारलाई पेसी तोकिएको थियो । आज, रिट निवेदक एआईजी पोखरेलका कानुन व्यवसायीले जवाफी बहस गर्ने तय थियो ।

सोमबार कामु प्रधानन्यायाधीश दिपककुमार कार्की र कुमार चुडालको इजलासमा पेसी रहेको थियो । मुद्दाको पेसी असार २६ गते आइतबारका लागि तोकिएकोमा आइतबार सार्वजनिक बिदा भएपछि सोमबार सरेको थियो । तर, सोमबार पनि सरकारी पक्षले बहसमा सहभागी हुन नसक्ने भन्दै निवेदन दिएपछि शुक्रबारलाई पेसी सरेको हो ।

प्रतिक्रिया