चिनियाँ नेता लिउले भने : राष्ट्रिय स्वाधिनतामा सबै पार्टी मिले राम्रो

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र चिनियाँ कम्युनिष्ट पार्टी (सीपीपी)का विदेश विभाग प्रमुखबीच भेटवार्ता सम्पन्न भएको छ । चार दिने नेपाल भ्रमणमा रहेका सीपीसीका विदेश विभाग प्रमुख लिउ जियान्चाओले प्रचण्डलाई भेट्न प्रचण्ड निवास खुमलटार पुगेका थिए ।
भेटवार्तामा नेपाल र चीनको सम्बन्धका बारेमा छलफल भएको थियो । माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार भेटमा नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको बताउँदै विकासमा सहयोग गर्नेबारे छलफल भएको हो ।
‘छलफलमा नेपलाको विकासको प्रक्रियामा चीनले गर्दै आएको सहयोगबारे धन्यवाद, चीनमा अध्ययनरत विद्यार्थीको समस्या समाधान, दुई देशको व्यापार घाटा कम गर्ने, अरनीको राजमार्ग र केरुङ नाकाबाट हुने व्यापार कम गर्नेबारे छलफल भयो,’ नेता श्रेष्ठले भने ।
यस्तै, छलफलमा चीनको विकास परियोजना बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई)का बारेमा समेत छलफल भएको छ । नेता श्रेष्ठका अनुसार बिआरआई सम्झौताका सन्दर्भमा लिउले नेपाललाई योजनाहरू ठोस रुपमा छनोट गरी सोहीअनुसार सम्झौता गर्न आग्रह गरेका थिए ।
भेटवार्तामा चीनले नेपालको कुनै पनि राजनीतिक दललाई हस्तक्षेप नगर्ने स्पष्ट पारेको थियो । ‘उहाँहरूले नेकपा माओवादी केन्द्र र अन्य वामपन्थी पार्टीमाथि कुनै हस्तक्षेप नगर्नेबारे स्पष्ट पार्नु भयो, तर नेपालको राष्ट्रिय स्वाधिनता, भौगोलिक, राजनीतिक तथा सांस्कृतिकको विषयमा सबै पार्टी भएको राम्रो भन्नु भयो,’ नेता श्रेष्ठले भने ।
सोमबार दिउँसो भएको भेटमा प्रचण्डसँगै नेताहरू नारायणकाजी श्रेष्ठ, कृष्णबहादुर महरा, वर्षमान पुन र पम्फा भुसाललगायतको उपस्थिति थियो ।
















ओमानले नेपाललाई दियो ३०६ रनको लक्ष्य
वीरगञ्ज हुँदै भित्रियो २६ अर्ब १३ करोडको सवारीसाधन र पार्टपुर्जा
पहिरो र चट्याङमा परी १६ पशुचौपाया मरे, ३८ बेपत्ता
हर्क साम्पाङले मागे प्रधानमन्त्रीको राजीनामा
चितवनका २ सय बढीले पाए जग्गाधनी पुर्जा
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
पेस्तोल र गोलीसहित सालीनदी किनारबाट २ जना पक्राउ
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
दिल्ली विमानस्थलमा स्विस विमानको इन्जिनमा आगलागी, ६ जना घाइते
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
प्रतिक्रिया