हराएका दुई जना मृत अवस्थामा फेला
मेरोन्यूज
२०७९ असार २७ गते २१:४९
काठमाडौँ । सुनसरीमा आइतबारदेखि हराएका दुई जना छुट्टाछुट्टै स्थानमा मृतावस्थामा फेला परेका छन् । भोक्राहा नरसिंह गाउँपालिका १ शान्ति चोकका पपुलाल उराँवका छोरा पाँच वर्षीय आकाश उराँव घर नजिकैको बाहुनी खोलामा मृतावस्थामा फेला परेका छन् ।
आइतबार दिउँसोदेखि घरबाट हराएको खोजी गर्ने क्रममा सोमबार खोलामा डुबेर मृत्यु भएको अवस्थामा फेला परेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए ।
त्यसैगरी इनरुवा–२ रामजानकी टोलका ६५ वर्षीय गंगाराम मण्डल घर नजिकैको नहरमा मृतावस्थामा फेला परेका छन् । आइतबार बेलुकीदेखि घरबाट हराएका मण्डलको खोजी गर्ने क्रममा नहरमा डुबेर मृत्यु भएको अवस्थामा शव फेला परेको प्रहरीले जनाएको छ ।
घटनाका विषयमा थप अनुसन्धान भइरहेको छ भने शव परीक्षणका लागि जिल्ला अस्पताल इनरुवामा राखिएको प्रहरीले जनाएको छ ।
सम्बन्धित
















कमलादेवी पन्त कांग्रेस राष्ट्रियसभा संसदीय दलको नेतामा मनोनीत
इरान प्रस्तावमा अमेरिकाकाे आशंका, युद्ध अन्त्य अनिश्चित
काठमाडौँमा २४ घण्टामा २७२२ सवारी चालकमाथि कारबाही, २७ लाख राजश्व संकलन
वैदेशिक रोजगारीका नाममा ठगी गर्ने ३ जना पक्राउ
शिवम् सिमेन्टद्वारा विशेष क्षमता भएका बालक सन्देश बुढा मगरलाई शैक्षिक सहयोग
सरकारी ठेक्काको विवरण हेरफेर आरोपमा थप दुई जना पक्राउ
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
इरानका राष्ट्रपतिले भने – दबाबमा परेर वार्ता गर्दैनौं
बच्चाको खातामा पाँच हजार’ कार्यक्रमः स्थानीयको सहभागिता न्यून
निजामती सेवा ऐनको मस्यौदामा निजामती ट्रेड युनियनहरूको आपत्ति : आन्दोलनको घोषणा
प्रतिक्रिया