शुक्रबार, फागुन २९, २०८२

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा आँखा अस्पताललाई बस हस्तान्तरण

मेरोन्यूज २०७९ असार २८ गते ७:४५

काठमाडौं । पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल परवानीपुर ४, बीरगंजलाई SML ISUZU बस हस्तान्तरण गरेको छ । पुष्पतारा केडिया सेवा फाउण्डेशन बिशुद्ध सामाजिक सेवा गर्ने उदेश्यले ५ बर्ष अगाडि ताराचन्द केडिया तथा पुष्प केडियाको नामबाट स्थापना गरिएको संस्था हो । यस संस्थाले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग र सेवा गर्दै आइरहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence


विशुद्ध समाजिक सेवा भावले महावीर प्रसाद वृजलाल केडिया सेवा ट्रष्टद्धारा स्थापित रामकुमार महावीर प्रसाद केडिया आँखा अस्पताल नारायणी अंचलकै जेठो आँखा अस्पताल ई.स. १९७५ सालमा स्थापना भएको थियो । यस अस्पतालले नेपालको मात्र होईन भारतीय आँखा रोगीहरुलाई पनि सेवा दिदै आएको अस्पताल प्रशासनले जनाएको छ ।

पुष्पतारा केडिया सेवा फाउण्डेशनद्धारा हस्तान्तरण गरिएको SML ISUZU बसद्धारा असहाय, गरीव तथा सेवाबाट बन्चित बिरामीहरुलाई यातायातको सहज सुविधा उपलब्ध हुने विश्वास लिएको जनाएको छ ।

फाउण्डेशनका संरक्षक मनोज केडियाले आँखा जस्तो संबेदनशील र संसार हेर्ने माध्यमलाई सहज उपचार गर्दै आइरहेको रामकुरमा महावीर प्रसाद केडिया आँखा अस्पताल बीरगंजलाई उपचारमा अझ गुणस्तर कायम गरी बढीभन्दा बढी आँखा बिरामीहरुको उपचार सहज र सरल रुपमा गराउन तथा सेवा सुविधाहरुको पहुच बिस्तार गरी हरेक बिरामीहरुलाई उपचार पश्चात खुशीको सास फेर्ने र बिश्व हेर्ने दृष्टि प्रदान गर्न सहयोग गरिएको बताउँछन् ।

प्रतिक्रिया