उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द
मेरोन्यूज
२०७९ असार २८ गते ९:३५

काठमाडौं । विद्युत अभावमा उदयपुर सिमेन्ट उद्योगबाट उत्पादन बन्द भएको छ । उद्योग पूर्णरुपमा सन्चालन हुन ६ मेगावाट विद्युत आवश्यक पर्नेमा हाल दुई मेगावाट मात्र बिजुली आपूर्ति भएकाले सिमेन्ट उत्पादन रोकिएको उद्योगका निमित्त प्रमुख गोपी न्यौपानेले जानकारी दिए ।
उद्योग बन्द हुँदा यो आर्थिक वर्षमा २४ लाख बोरा सिमेन्ट उत्पादन गर्ने लक्ष्य पूरा नहुने देखिएको न्यौपानेले बताए । उनका अनुसार हालसम्म २१ लाख बोरा सिमेन्ट भइसकेको छ ।
यही असार ९ गते लहानस्थित टावरमा चट्याङ लागेपछि विद्युत आपूर्ति बन्द भएको थियो । त्यसपछि सोलु करिडोरको लाइनबाट विद्युत आपूर्ति गरिएको छ । तर यो बिजुली २ मेगावाटको मात्र भएकाले सिमेन्ट उद्योग सन्चालन गर्न पुग्दैन ।
सम्बन्धित















वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
महाकाली नदी किनारमा एक महिला मृत फेला
धरानबाट हत्या अभियोगमा एक जना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया