जिडब्लुएमको नयाँ सर्भिस सेन्टर ललितपुरको चाकुपाटमा

काठमाडौँ । जिडब्लुएम नेपालले आफ्नो विश्व स्तरीय जिडब्लुएम बिक्रीपछिका सुविधासहितको सेवा चाकुपाट ललितपुरमा सञ्चालन गर्ने घोषणा गरेको छ । कम्पनीका अनुसार बिक्रीपछिको यो नयाँ सुविधा जिडब्लुएमको विश्व स्तरीय सुविधा मापदण्डसहित निर्माण गरिएको हो ।
बिक्रीपछिको सुविधा सम्पन्न यस सर्भिस सेन्टरले १५ हजार वर्ग फिट क्षेत्र ओगटेको छ । यसमा प्रति महिना ६ सय सवारी साधनको द्रुत सेवा प्रदान गर्ने क्षमताको साथ ६ कक्षहरु रहेका छन् । जिडब्लुएमका ग्राहकलाई उत्कृष्ट सेवा अनुभव प्रदान गर्नका लािग यो सुविधा हाइटेक उपकरण र राम्रो प्रशिक्षित प्राविधिकले सुसज्जित छ । सुविधायुक्त एक बलियो असली मौज्दात कायम गरी स्पेयर पार्ट्स को सुपथ मूल्यमा उपलब्ध गराइएको छ ।

जिडब्लुएम नेपालका उपाध्यक्ष रुपेश शर्मा भट्टले भने, ‘तपाईहरुको गाडीको जिम्मा सुरक्षित हातमा दिनु भएको छ जसको हाम्रा प्रशिक्षित प्राविधिक अत्याधुनिक सुविधा सेवा केन्द्र र विशिष्ट ग्राहक सेवामार्फत सेवा प्रदान गर्ने छौँ, हामीले यस सेवामार्फत तपाईंको गाडीको हेरचाह मात्र नभई गाडीको तपाईंको स्वामित्व अवधिभर हेरचाह गर्ने सुनिश्चितता व्यक्त गर्दछौँ ।’
तपाईंको गाडी हाम्रा प्रशिक्षित प्राविधिकहरु, अत्याधुनिक सुविधा र विशिष्ट ग्राहक सेवाका साथ सुरक्षित हातमा छ । यो सेवा तपाईको गाडीको हेरचाह गर्नुभन्दा बढी हो, तपाईलाई यो सुनिश्चित गर्दछौँ की आफ्नै स्वामित्व अनुभवमा हेरचाह पाउनु हुने छ ।

जिडब्लुएम सर्भिसका उपमहाप्रबन्धक अजित पटेलले नवीनतम डायग्नोस्टिक उपकरण असली पार्ट्सहरु प्रयोग गर्दै आएको बताए । उनले सेवाग्राहीलाई उच्च स्तरीय सेवा दिने लक्ष्य राखेको बताए ।
सन् ०२५ सम्ममा विश्व बजारमा ४० लाख सवारी साधन बिक्री गर्ने लक्ष्यलाई पछ्याउँदै नेपालमा पनि सेवा विस्तार गरेको हो ।















६५ स्कुलका ५८५ विद्यार्थीका पेन्टिङ तथा हस्तकला प्रदर्शनीमा
चितवन राष्ट्रिय निकुञ्जमा पोखरी निर्माण र मर्मत सुरु
वर्षाले घट्यो वायु प्रदूषण
Slight decline in gold, silver prices
जेनजी आन्दोलनका क्रममा फरार दुईजना पक्राउ
मोदीको पोस्टमा बालेनको रिप्लाई : नेपाल–भारत सम्बन्ध परिणाममुखी हुने विश्वास छ
ग्यास संकटले भारतका रेस्टुरेन्ट जोखिममा, देशभरका व्यवसाय बन्द हुनसक्ने चेतावनी
निर्वाचन सफलतापूर्वक सम्पन्न भएकाेमा नेपाललाई पाकिस्तानले दियो बधाई
यूएईमा रहेका नेपालीलाई दूतावासले भन्यो- आफ्नो राहदानी सुरक्षित राख्नू
टी–२० विश्वकप विजेता भारतलाई १ करोड ४० लाख डलर पुरस्कार
प्रतिक्रिया