सभामुख सापकोटाले गरे पाँँच वटा विधेकय प्रमाणीकरण

काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले पाँच वटा विधेयक प्रमाणित गरेका छन् । उनले विभिन्न मितिमा पारित भएको विधेयकहरू प्रमाणित गरेका हुन् ।
विभिन्न मितिमा राष्ट्रिय सभा र प्रतिनिधिसभाले पारित गरेका पाँँच वटा विधेयकलाई सभामुख सापकोटाले मंगलबार प्रमाणीकरण गरेका हुन् । सभामुखले प्रमाणीकरण गरेका विधेयक राष्ट्रपतिबाट प्रमाणीकरण भएपछि मात्र कानुनी रुप लिने संवैधानिक व्यवस्था छ ।
सभामुख सापकोटाले लोक सेवा आयोगसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, आर्थिक वर्ष २०७९–०८० को सेवा र कार्यको लागि संघीय सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, ऋण तथा जमानत ऐन, २०२५ लाई संशोधन गर्न बनेको विधेयक, राष्ट्र ऋण उठाउने अधिकारको व्यवस्था गर्न बनेको विधेयक र नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणित गरेका हुन् ।
उक्त विधेयकलाई प्रमाणीकरणका लागि राष्ट्रपति कार्यालय पठाइने छ ।
















पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
सुनचाँदीको मूल्यमा केही गिरावट
इरानमाथि जारी अमेरिकी नौसैनिक नाकाबन्दी महिनौँसम्म लम्बिन सक्ने सङ्केत
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया