विपद् क्षेत्रको निरीक्षण गर्न जापानले विकास गर्याे सर्पको आकारको रोबोट

टोकियो । जापानका अन्वेषकहरूले एक उन्नत सर्पको आकारको रोबोट विकास गरेका छन् , जसले सिढी चढ्न र ‘ड्रेनपाइप’मा आफ्नो बाटो घुमाउन सक्नेछ । यस्ता उपकरणहरू चाँडै नै प्रकोप प्रभावित क्षेत्रहरूमा दुर्गम स्थानहरूको सर्वेक्षणमा प्रयोग हुने विश्वास गरिएको छ ।
२.५ मिटर लामो र ६ केजी तौल भएको यो नयाँ रोबोट भत्किएका भवनहरूको निरीक्षणका लागि प्रयोग गर्न सकिने क्योटो विश्वविद्यालयका रोबोटिक्स प्राध्यापक फुमितोसी मात्सुनोले बताए ।
उनको टोलीले दुईदेखि तीन वर्षभित्र यन्त्रलाई व्यावहारिक प्रयोगमा ल्याउने लक्ष्य राखेको निक्केई जापानले जनाएको छ ।
प्याटेन्ट प्रविधिको उक्त रोबोटलाई यूकेएइएको रेस (रिमोट एप्लिकेसन इन च्यालेन्जिङ इनभाइरनोमेन्ट्स)ले विकसित गरेको हो । यो सात वर्षीय परियोजना हो ।
यन्त्र आफ्नो आकार परिवर्तन गरेर सिढी चढ्न र तल झर्न सक्छ । यन्त्रलाई एक अपरेटरद्वारा टाढाबाट नियन्त्रण गरिन्छ, जसले टुप्पोमा जडान गरिएको क्यामेराबाट तस्बीर हेर्न सक्छन् ।
















देशका अधिकांश सहरी क्षेत्रमा वर्षाको सम्भावना
मुस्ताङ अस्पतालमा सुरक्षित गर्भपतन सेवा : सेवाग्राही अझै अनविज्ञ, चारआवमा १८८ जनाले लिए सेवा
विभागका महानिर्देशकलाई नाडाले भन्याे – भन्सार यार्डमै एमआरपी स्टिकर टाँस्ने व्यवस्था व्यावहारिक छैन
अनर ६०० लाइट नेपाली बजारमा, प्रि-बुकिङमा १६ हजारकाे स्मार्टवाच निःशुल्क
जडिबुटीमा डाेजरमाथि ढुंगामुढा, भत्काउन राेकियाे
ट्रम्प सहभागि कार्यक्रममा गोली चलेपछिको भागदौड (फोटोफिचर)
विश्वकप लिग–२ः नेपालले यूएईलाई दियो २०१ रनको लक्ष्य
ह्वाइट हाउस करेस्पोन्डेन्ट्स डिनरमा गोली चल्यो, राष्ट्रपति ट्रम्पलाई सुरक्षित स्थानमा सारियो
यूएईमाथि नेपालको जित, लिग-२ मा चार लगातार हारपछिको विजयले तालिकामा राहत
प्रतिक्रिया