अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौं । कैलाली, बारा, नवलपरासी (पश्चिम), मोरङ र सिरहाबाट प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।
कैलालीको टिकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टबाट बर्दिया राजापुर नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण सुनार सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।
भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाराको महागढीमाई नगरपालिका–१ स्थितबाट करिब ११ केजी गाँजा सहित मकवानपुर रक्सिराङ्ग गाउँपालिका–१ बस्ने २७ वर्षीय रमेश कुमार बल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बरियारपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका–६ बड्सारेबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर समेत तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध नुरफिन १ सय एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन १ सय ९७ एम्पुल, नुरफिनको स्टिकर ९ सय १५ थान, मोबाईल ४ थान र १ थान पावर बैङ्क बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पारसनाथ गुप्ताको घरमा लागूऔषध प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ सिखर चोक बस्ने ३६ वर्षीय वीर बहादुर थापालाई २ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
















प्रतिनिधिसभा सदस्यका लागि तीन हजार ४०६ जना उम्मेदवार
बाबुरामसहित ४९ जनाले लिए उम्मेदवारी फिर्ता
राष्ट्र निर्माण एकल प्रयासबाट मात्रै सम्भव छैन : गृहमन्त्री
स्याङ्जामा चार जनाले लिए उम्मेदवारी फिर्ता
सिद्धार्थ बैंकका ग्राहकलाई आईएमई हस्पिटालिटी ग्रुपमा १०% सम्मको छुट
विश्वकप तयारी : पहिलो अभ्यास खेलमा श्रीलंकासँग नेपाल पराजित
देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र
टी–२० विश्वकपका खेलस्थल सार्न बङ्गलादेशको अनुरोध आईसीसीद्वारा अस्वीकार
प्रतिनिधिसभा निर्वाचनः नेमकिपाले ५९ जिल्लामा दियो उम्मेदवारी
रुकुम पूर्वका जनताको भावना बुझेर यहाँकाे उम्मेदवार बनेको हुँ : प्रचण्ड
प्रतिक्रिया