अवैध लागूऔषधसहित १२ जना पक्राउ
काठमाडौं । कैलाली, बारा, नवलपरासी (पश्चिम), मोरङ र सिरहाबाट प्रहरीले अवैध लागूऔषधसहित १२ जनालाई पक्राउ गरेको छ ।
कैलालीको टिकापुर नगरपालिका–९ स्थित खक्रौला चेकपोष्टबाट बर्दिया राजापुर नगरपालिका–७ बस्ने २५ वर्षीय लक्ष्मण सुनार सहित ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । उनीहरुको साथबाट ६ ग्राम ६ सय मिलिग्राम खैरो हेरोईन बरामद भएको प्रहरीले जनाएको छ ।
भे.१ ह ४२७४ नम्बरको अटोलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा अटो चालक सुनार सहति ४ जनालाई उक्त पदार्थ सहित फेला पारी पक्राउ गरेको हो ।
बाराको महागढीमाई नगरपालिका–१ स्थितबाट करिब ११ केजी गाँजा सहित मकवानपुर रक्सिराङ्ग गाउँपालिका–१ बस्ने २७ वर्षीय रमेश कुमार बल समेत ४ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी बरियारपुर र लागूऔषध नियन्त्रण ब्यूरो वीरगन्जबाट खटिएको संयुक्त टोलीले उनीहरुलाई उक्त परिमाणको लागूऔषध सहित फेला पारी पक्राउ गरेको हो ।
नवलपरासी (पश्चिम)को सरावल गाउँपालिका–६ बड्सारेबाट सोही ठाउँ बस्ने १७ वर्षीय किशोर समेत तीन जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुको साथबाट प्रहरीले नियन्त्रित लागूऔषध नुरफिन १ सय एम्पुल, डाईजेपाम ८ एम्पुल, फेनरागन १ सय ९७ एम्पुल, नुरफिनको स्टिकर ९ सय १५ थान, मोबाईल ४ थान र १ थान पावर बैङ्क बरामद गरेको छ ।
इलाका प्रहरी कार्यालय महेशपुरबाट खटिएको प्रहरीले सोही ठाउँ बस्ने पारसनाथ गुप्ताको घरमा लागूऔषध प्याकिङ गर्दै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो ।
मोरङको पथरी शनिश्चरे नगरपालिका–१ सिखर चोक बस्ने ३६ वर्षीय वीर बहादुर थापालाई २ ग्राम ४५ मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
इलाका प्रहरी कार्यालय पथरीबाट खटिएको प्रहरीले घर तलासी गर्दा लुकाई छिपाई राखेको अवस्थामा उक्त पदार्थ फेला पारी उनलाई पक्राउ गरेको हो ।
















झापामा विद्यार्थी बोकेको बस दुर्घटना, १३ जना घाइते
सर्पले टोकेको फलफूल-तरकारी विषालु हुन्छ ?
बाजुरामा चट्याङ लागेर ३९ भेडाबाख्रा मरे
काभ्रेपलाञ्चोकमा बालश्रममुक्त उद्योग घोषणा अभियान सुरु
सुदूरपश्चिममा ९ महिनामा १४ सय फरार कैदी पक्राउ
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
पार्टी संसदीय दलले राष्ट्रिय आवश्यकताअनुसार सबैलाई मिलाएर लैजान्छ : सभापति थापा
प्रतिक्रिया