लुम्बिनी जनरल इन्स्योरेन्समा नयाँ संचालक समिति

काठमाडौं । लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले नयाँ सञ्चालक समिति चयन गरेको छ । १७औं वार्षिक साधारण सभाले सञ्चालक समिति चयन गरेको हो ।
संस्थापक शेयरधनीका तर्फबाट सञ्चालक समितिमा विश्राज रेग्मी, मनोहर दास मुल, अरुणराज श्रेष्ठ र उमेश रेग्मी निर्विरोध निर्वाचित भएका छन् ।
नवनियुक्त अध्यक्ष मनोहर दास मुललाई बीमा समितिका अध्यक्ष सूर्यप्रसाद सिलवालले बीमा समितिको कार्यालयमा पद तथा गोपनियताको सपथ गराए ।
सभाले सञ्चालक समितिको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷०७८ को वासलात, नाफा नोक्सान हिसाव, लेखापरीक्षकको नियुक्ति, सञ्चालक समितिले सिफारिस गरे बमोजिम शेयरधनीलाई कर प्रयोजनको लागि ०।५ नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको हो ।
त्यस्तै बिशेष प्रस्ताव अन्तर्गत कम्पनीको हालको अधिकृत पुँजी १ अर्ब २५ करोडबाट बृद्धि गरी ३ अर्ब कायम गर्ने, चुक्ता पूँजीको ९।५ प्रतिशतले खुद हुन आउने बोनस शेयर बितरण गर्ने, मर्जर सम्बन्धी काम गर्ने सम्पूर्ण अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव पारित भएको छ ।














कांग्रेस देउवा पक्षको केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौँका यी स्थानमा आज बिजुली कटौती हुने
अमेरिकन डलरको मूल्य बढ्यो, आज कतिमा हुँदैछ काराेबार ?
मौसम पूर्वानुमान : तराई तुँवालो,कर्णाली र सुदूरपश्चिमका उच्च पहाडी स्थानमा हल्का वर्षा/हिमपात
हाफ म्याराथनको उपाधि गुरुङलाई
गगन-विश्वप्रकाश पाँच वर्षका लागि कांग्रेसबाट निष्कासित
सहमतिमै नयाँ नेतृत्व चयन गर्न कमलपोखरीमा छलफल हुँदै, गगन पनि पुगे
निष्कासनपछि गगन थापाले भने– कांग्रेस कसैको निजी कम्पनी होइन
सुनचाँदीको मूल्यमा दिनदिनै नयाँ रेकर्ड, आज ताेलाकाे कति ?
प्रतिक्रिया