इस्लिङट्न कलेजको दीक्षान्त समारोह सम्पन्न

काठमाडौँ । कमलपोखरीस्थित इस्लिङट्न कलेजको सन् ०२०–०२१ मा पास भएका विद्यार्थीको दीक्षान्त समारोह सम्पन्न भएको छ । दीक्षान्त समारोहमा सन् ०२० मा स्नातक तहका ५०२ जना विद्यार्थी सहभागी भएका थिए ।
दीक्षान्त समारोहमा एमएससी इन्फ्रमेशन टेक्नोलोजीको स्नातकोत्तरतर्फ सन् ०२० का १९ जना र सन् ०२१ का ४६ विद्यार्थी सहभागी भएका थिए । त्यसैगरी सन् ०२१ मा स्नातक तहअन्तर्गत विभिन्न विषयका ७३२ जना विद्यार्थी दीक्षीत भएका छन् ।
कोभिड संक्रमणले दुई वर्ष दीक्षान्त समारोह हुन सकेको थिएन । यो वर्षमा सन् दुवै वर्षको दीक्षान्त समारोह एकैसाथ आयोजना गरिएको थियो ।
कलेजले सोमबार र मंगलबार दुई दिनसम्म दीक्षान्त समारोह आयोजना गरेको थियो । समारोहमा विद्यार्थीका अभिभावकहरुको उल्लासमय उपस्थिति रहेको थियो ।
बेलायतको लन्डन मेट्रोपोलिटियन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त सो कलेज आईएनजी ग्रुपद्वारा सञ्चालित छ । समारोहमा विश्वविद्यालयका हेड अफ एक्याडेमिक पार्टनरसिप डा. वण्डी ब्लोसीले विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेका थिए ।
दीक्षान्त समारोहमा बोल्दै कलेज तथा आईएनजी ग्रुपका अध्यक्ष एवं कार्यकारी निर्देशक शुलभ बुढाथोकीले लण्डन विश्वविद्यालयाको हाई र्याङकिङमा परेको यस कलेजमा उत्तीर्ण विद्यार्थीले नेपाल र विश्वभर उत्कृष्ट स्थान हासिल गर्न सफल भएको बताए ।
लण्डन मेट्रोपोलिटियन विश्वविद्यालयले सम्बन्धन दिएका कलेजमध्ये यो नेपालको पहिलो कलेज हो । यहाँ बिआइटी, बिबिए, कार्यक्रमअन्तर्गत आइटी कम्प्युटिङ, नेटवर्किङ र आइटी सेक्युरिटी र मल्टीमिडिया टेक्नोलोजी विषयमा अध्यापन गराउँदै आएको छ । त्यस्तै बिजनेस अन्तर्गत इन्टरनेशल बिजनेश, मार्केटिङ एण्ड फाइनान्स विषय संचालन गरिरहेको छ ।
















जलजला–सिसाखानी सडक आठ वर्षपछि स्तरोन्नति
कैलालीका किसान समर्थन मूल्यभन्दा बढीमा गहुँ बेच्न पाउँदा खुसी
पूर्वी लिबियामा डुङ्गा दुर्घटना,१७ जनाको मृत्यु, ७ जनाको उद्धार
दक्षिण कोरियामा नेपाली चिया प्रवर्दन कार्यक्रम
ट्राफिक कारबाहीबाट एकै दिन २२ लाख ७४ हजार राजस्व सङ्कलन
नेकपाका सात प्रदेश इन्चार्ज चयन : पूर्व माओवादीबाट दुई मात्रै
सरकारले सुकुम्बासीमाथि कारबाही गर्दा पूर्वतयारी नपुगेको महसुस भयाे : महामन्त्री पौडेल
हप्तामा एक पटक खाना पकाउँदा पनि घट्छ बिर्सने राेगकाे जोखिम
सशस्त्र प्रहरीको आईजीपीमा नारायणदत्त पौडेल
हर्मुज खुलाउन इरानको प्रस्ताव, वार्ता अन्योलमा
प्रतिक्रिया