शनिबार, फागुन ३०, २०८२

नेपाल बैंकले ल्यायो आकर्षक बचत खाता

मेरोन्यूज २०७९ असार ३१ गते १७:३५

काठमाडौँ । नेपालको पहिलो बैंक नेपाल बैंक लिमिटेडले उच्च ब्याजदरसहित आकर्षक विशेषता भएको पायनियर बचत खाता सञ्चालनमा ल्याएको छ । उक्त बचत खातामा उच्च ब्याजदर वार्षिक ८.०३ प्रतिशत रहेको छ ।

Advertisement
nepal life insurencenepal life insurence

यस्तै, १० लाखसम्मको निःशुल्क दुर्घटना बीमा सुविधासमेत दिइएको बैंकले जनाएको छ । पायनियर बचत खाता खोल्ने ग्राहकले निःशुल्क डेबिट र क्रेडिट कार्ड सुविधा, डिजिटल बैंकिङ सुविधा, लकर सुविधामा ५० प्रतिसत छुट, डिम्याट खाता तथा सिआस्वा लगायतका सुविधा पाउने छन् ।

बैंकले हाल नेपालभर २१९ शाखा, १८२ एटीएम साथै ४७ वटा एक्सटेन्सन काउन्टरमार्फत ग्राहकलाई वित्तीय सेवा दिइरहेको छ । बैंकले छिटोछरितो र गुणस्तरीय ग्राहक सेवामा मुख्य जोड दिई युवा जनशक्तिमार्फत बैंकिङ सेवा प्रदान गरिरहेको छ ।

प्रतिक्रिया