शनिबार, फागुन ३०, २०८२

प्रधानमन्त्री समक्ष वाईसीएलको माग–गर्भनरलाई पदमुक्त गरी छानबिन गरौं

मेरोन्यूज २०७९ असार ३२ गते १४:२५

काठमाडौं । नेकपा माओवादी केन्द्रनिकट योङ कम्युनिष्ट लिग(वाईसीएल)ले राष्ट्र बैंकका गर्भनर महाप्रसाद अधिकारीलाई पदमुक्त गर्न माग गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवालाई शनिवार ७ बुँदे ज्ञापनपत्र बुझाउँदै नेकपा एमालेको अर्थ तथा योजना विभागमा एम अधिकारी भनिएका गर्भनर अधिकारी नै भएको दावी गर्दै पदमुक्तको माग गरेको हो ।

Advertisement
nepal life insurencenepal life insurence

नेपाल राष्ट्र बैंकका गर्भनर अधिकारी एम अधिकारीको नामबाट नेकपा एमालेको केन्द्रीय अर्थ तथा योजना विभागका सदस्यको रुपमा कार्यरत रहेको समाचारहरू सार्वजनिक भएको छ । वाईसीएलले भनेको छ, ‘नेपाल राष्ट्र बैंक ऐन २०५८ को दफा २१ मा राष्ट्र बैंकको गर्भनर कुनै पनि राजनीतिक दलमा आवद्ध हुन नपाउने ब्यवस्था मात्रै छैन, दफा २२ (५) बहालवाला गर्भनर राजनीतिक दलमा आवद्ध भए स्वतः पदमुक्त हुने व्यवस्थासमेत छ, तसर्थ गर्भनर अधिकारीलाई यथाशीघ्र पदमुक्त गरी छानबिनको दायरामा ल्याउन अर्थ मन्त्रालयको समेत जिम्मेवारी सम्हाल्नु भएका सम्मानीय प्रधानमन्त्रीसमक्ष जोडदार माग गर्दछौं ।’ 

अधिकारी यसअघि पनि २०७३ सालमा एमालेको केन्द्रीय आयोगमा मनोनित भएको आधिकारिक प्रमाण सार्वजनिक भईसकेका कारण एम अधिकारी भन्ने महाप्रसाद अधिकार नै भएको थप प्रमाणित भएको वाईसीएलको दावी छ । ‘नेकपा एमालेका अर्थ तथा योजना विभागका सदस्य देउकाजी गुरुङले एम अधिकारी र महाप्रसाद अधिकारी एउटै हुन, राष्ट्र बैंकका गर्भनर हामीसँगै विभागको मिटिङमा बस्नु गर्नु भएको भन्नुले यस अभियोगको थप पुष्टी हुन्छ’ वाईसीएलले प्रधानमन्त्रीलाई बुझाएको ज्ञापन पत्रमा भनिएको छ ।

सो संगठन अर्थतन्त्रका सूचक नकारात्मक भएको भन्दै नेपाल प्रहरीलाई हतियार खरिदको प्रक्रिया रोक्न तथा संबैधानिक परिषद्मा बहुमतका आधारमा निर्णय लिने व्यवस्था नगर्न पनि प्रधानमन्त्री देउवाको ध्यानाकर्षण गराएको छ ।

प्रतिक्रिया