पोर्चुगलमा विमान दुर्घटना, चालकको मृत्यु

लिस्बन । पोर्चुगलमा भएको विमान दुर्घटनामा परी विमान चालकको मृत्यु भएको छ । देशको भिला नोभा डे फोज कोय नगरपालिकामा शुक्रबार घटना भएको स्थानीय अधिकारीहरूले जानकारी दिएका छन् ।
राष्ट्रिय आपतकालीन स्वास्थ्य सेवा संस्थाका चिकित्सकहरूको टोलीले ती चालकको घटनास्थलमै मृत्यु भएको पुष्टि गरेका छन् ।“दुर्घटनाग्रस्त विमानमा आगलागी समेत भएकाले विमान पुरै क्षतिग्रस्त भएको छ,” एक स्थानीय अधिकारीले भने ।
देशको हवाई तथा रेलमार्ग दुर्घटना न्यूनिकरण तथा अनुसन्धान कार्यालयले घटनाको छानविनका लागि टोली परिचालन गरेको छ । दुर्घटनाप्रति प्रधानमन्त्री मार्सेलो रिवेलो डे सौसाले दुःख व्यक्त गर्दै दुर्घटनामा परी निधन भएका विमान चालकप्रति श्रद्धाञ्जली व्यक्त गर्नु भएको छ ।
पोर्चुगलमा अहिले अत्यन्त गर्मी रहेको र गर्मीका कारण यस्ता दुर्घटना धेरै हुने गरेको पाइएको छ । त्यसैगरी गर्मीको समयमा आगलागी सम्बन्धी घटना पनि धेरै हुने गरे ।










एमालेको मतदान समय सारियो, अब बुधबार बिहान ८ बजेदेखि
निर्वाचनसम्बन्धी ७० प्रतिशत काम सम्पन्न भइसक्योः आयोग
आगामी आवको बजेट निर्माण प्रक्रिया सुरु
…अनि मनभरि आशा बोकेर सिंहदबार छिरे जयलाल
एमालेको महाधिवेशन : भाेली १ः३० बजेभित्र उम्मेदवारी दर्ता गर्नुपर्ने
सामूहिक नेतृत्व प्रणालीमा जानुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल
प्रत्येक प्रदेशबाट एक युवा अनिवार्य, यस्तो बन्ने भयाे एमाले केन्द्रीय कमिटीको संरचना (सूचीसहित)
कांग्रेसले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक
अखिल अध्यक्षमा ७ मतले हारेका प्रकाश पौडेलले दिए एमाले केन्द्रीय सदस्य पदमा उम्मेदवारी
प्रतिक्रिया