आइतबार, माघ ४, २०८२

नागरिक लगानी कोषले घोराही सिमेण्टको शेयर प्रत्याभूति गर्ने

मेरोन्यूज २०७९ साउन १ गते १५:१८

काठमाडौँ । नागरिक लगानी कोषले घोराही सिमेण्ट इण्डष्ट्री लिमिटेडको साधारण शेयर प्रत्याभूति गर्ने भएको छ । शेयर प्रत्याभूतिकर्ता सम्बन्धी सम्झौतामा आइतबार कोषका कार्यकारी निर्देशक रमण नेपाल र घोराही सिमेण्टका तर्फबाट सञ्चालक आदित्य संघाईले हस्ताक्षर गरेका हुन् ।

घोराही सिमेण्टले ७९ लाख ४३ हजार ८१ कित्ता शेयरको परल मूल्यमा सय रुपैयाँमा प्रिमियम बापत ३३५ रुपैयाँ थप गरी प्रतिकित्ता ४३५ रुपैयाँको दरले तीन अर्ब ४५ करोड ५५ लाख ५३ हजार ४३५ रुपैयाँको शेयरको प्रत्याभूति हुने छ ।

प्रतिक्रिया